बस्नेतको विशेष पहलमा विरेन्द्र आबि उखुबारीमा शैक्षिक सामग्री वितरण

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा २२ जेष्ठ । भिमेश्वर नगरपालिका वडा नं ७ स्थित श्री बिरेन्द्र आधारभुत विधालय उखुबारीमा शैक्षिक सामग्री वितरण गरिएको छ।
आज एक समारोहका बीच भीमेश्वर ७ का उखुबारीका सामाजिक अभियन्ता तथा पुर्व विद्यार्थी निरज बस्नेतको विशेष पहलमा बिरेन्द्र आधारभुत विधालय पुर्ब विद्यार्थी समाजको समन्वयमा देश तथा विदेशमा अध्ययनरत तथा कार्यरत युवाहरूको सहयोगमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरीएको विरेन्द्र आधारभुत विधालय उखुबारीका प्र.अ कृष्ण बहादुर खत्रीले जानकारी दिनुभएको छ ।

शैक्षिक सामग्री वितरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भिमेश्वर नगरपालिका नगर प्रमुख इश्वर नारायण मानन्धरले सामाजिक अभियन्ता निरज बस्नेत लगायतका युवाहरुको उदाहरणीय अभियानले संकलन गरेको सहयोग बालबालिकाहरुका लागि ठुलो राहत मिल्ने भन्दै सो कार्यको प्रसम्सा गर्नुभयो ।
अभियानता बस्नेतले करिब १ महिना अघि सामाजिक सञ्जाल फेसबुक मार्फत विद्यार्थीको लागि शैक्षिक सामग्री जुटाउनको निमित्त अभियान चलाउदै आएका थिए।
संकलन अभियानमा स्थानीय युवाहरुको दरो साथ सहयोग रहेको थियो । उक्त अभियान चलाए बापत उठाएको १ लाख ४ हजार ३ सय ५१ रुपैयाँ बराबरको रकम सङ्कलन भएको मध्ये शैक्षिक सामग्री जुटाउनको लागि करिब १ लाख ७ हजार ९ सय १० रुपैयाँ खर्च लागेको बस्नेतले दावी गरे ।
जसमा ट्राकसुट ४९ हजार,ब्याग ४६ हजार, खेलकुद सामग्री ११ हजार ४ सय १० र खादा -ब्यानरमा १ हजार ५ सय रुपैयाँ बराबरको खर्चको विवरण समेत कार्यक्रममा सार्वजनिक गर्नुभएको थियो ।
बस्नेतले शैक्षिक सामग्री जुटाउनको लागि केही रकम अभाव भएको खण्डमा स्वयंम आफैले रकम जुटाएर सामाग्री उपलब्ध गराएको साझा दृस्टीलाई जानकारी दिनुभयो ।

वितरण कार्यक्रममा विद्यार्थी, बालबालिका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामाजिक अभियन्ता तथा पुर्व विद्यार्थी युवा निरज बस्नेत,न्यु जेनेरेशन युवा क्लबका वडा नं ८ का अध्यक्ष सुबास बस्नेत,कृष्ण भुजेललाई विद्यालयले सम्मान पत्र समेत प्रदान गरेको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समाजसेवी कृष्ण बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर खत्री, जन प्रतिनिधि वडा सदस्य रघुनाथ कार्की, सामाजिक अभियन्ता सुबास बस्नेत, श्रीकृष्ण भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.