बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’ सिर्जना सुजुले पनि आफ्नो नाम फिर्ता लिएकी छन् ।

आज बिहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् ।ठाउँ ओगटेको’ भनेर व्यापक आलोचना भएपछि सिर्जनाले आफूलाई कसरी बालेन टिमबाट समानुपातिक सूचीमा समेटियो भन्ने विषयमा लामो स्पष्टीकरण पनि दिएकी छन् ।

उनले लेखेकी छन्, ‘कुनै पार्टीलाई योगदान दिएको कारण होइन, देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण मेरो नाम टिम बालेनबाट रास्वपामा सिफारिस भएको हो। यही कुरा टिमका सदस्यहरूले पनि भन्नुभएको थियो। यसका लागि म आभारी छु।नयाँ आउने सबैलाई शुभकामना। तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु। यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो। हामी राजनीति बाहिर बसेर पनि आफ्नो दक्षता अनुसार सधैँ काम गर्न तयार छौँ।’

पछिल्लो समय रास्वपाको समानुपातिक बन्दसूचीबाट खासगरी सेलेब्रिटीहरू एकपछि अर्कोले उम्मेदवारी फिर्ता लिइरहेका छन् ।

यसै क्रममा कामठमाडौँ महानगरपालिकाका मेयरसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको टिमबाट समानुपातिक उम्मेदवार बनेकी सिर्जनाले पनि आफ्नो नाम फिर्ताको घोषणा गरेकी हुन् ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.