बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा

राजन बस्नेत

राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक लोकतन्त्र माथी गम्भीर प्रश्न उठेको छ।

संगठन विस्तारमा आफूले खेलेको भूमिकाको कदर नभएको र नेतृत्व तहबाट मनोमानी निर्णय गरेको आरोप लगाउँदै उनले पार्टी छाडेका हुन्।

चौलागाईका अनुसार दोलखाका प्राय सबै वडामा संगठन विस्तार गरेर पार्टीलाई आधार निर्माण गर्न अहम भुमिका निर्वाह गरे पनि पार्टीमा पारदर्शिता नदेखिएको र नेतृत्वको अपरिपक्व निर्णयको कारण आफुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बागमती प्रदेश समिति सदस्य पद परित्याग गरी साधरण सदस्य समेत नरहेको स्पष्ट पार्नु भयो ।
‘मैले दोलखाको सबै वडामा संगठन विस्तार गरेको थिएँ, सम्भवत देशभरमै पहिलो हुन सक्छ,’ उनले भने, ‘तर नेतृत्वले जिल्लामा काम गर्नेहरूको मूल्यांकन गरेन।’
उनले सभापति रवि लामिछानेको नेतृत्वशैली प्रति असन्तुष्टि जनाएका छन्। ‘पुराना दललाई आलोचना गरेर नयाँ राजनीतिक संस्कारको कुरा गर्ने तर व्यवहारमा उही शैली दोहोरिने हो भने फरक के रह्यो र ’ उनले प्रश्न गरे।

पार्टीभित्र दिल–ज्यान दिएर लाग्दा पनि मुल्याङ्कन नभएको भन्दै असन्टुष्टी ब्यक्त्त गरे । ‘हामी जिल्लामा काम गर्नेहरूलाई बेवास्ता गरी नेताले खल्ति बाट लिष्ट झिकी पक्षपोषण गरेको आरोप लगाउदै ’ उनले भने, ‘नयाँ दलले पुरानै प्रवृत्ति दोहोर्‍याउँदा यहाँ बसिरहनुको अर्थ देखिनँ।’
राजनीतिमा सक्रिय रहँदै आएका चौलागाई दोलखामा लाइफ इन्स्योरेन्स क्षेत्रका स्थापित नाम हुन्। लाइफ इन्स्योरेन्स क्षेत्रमा देशब्यापी सञ्जालसँग जोडिएका चौलागाईको राजनीतिक निर्णयले दोलखाको राजनितिक वृत्तमा समेत चासो बढाएको छ।

उनको बहिर्गमनले रास्वपाको संगठनात्मक स्थायित्व, आन्तरिक लोकतन्त्र र आगामी निर्वाचन रणनीतिबारे बहस सुरु गराएको छ। नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको दलले आफ्नै सिद्धान्तअनुसार आन्तरिक प्रक्रियालाई कति पारदर्शी र सहभागितामूलक बनाउँछ भन्ने प्रश्न अब थप पेचिलो बनेको छ ।

चौलागाई प्रदेश तहदेखि जिल्ला तहसम्म प्रभाव राख्ने नेता भएका कारण राजनितिमा सक्रिय रही रहला वा राजनिति बाट अलग रहलान त्यो भने उनको अबको निर्णयमा भर पर्छ ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
11 घण्टा अगाडि साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.