दुई जेष्ठ नागरिकबाट साखिनेमा सहरी स्वास्थ केन्द्रको उद्घाटन
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा २२ जेष्ठ । भीमेश्वर नगरपालिका वडा न:७ साखिनेमा सहरी स्वास्थ केन्द्रको स्थापना भएको छ ।
भीमेश्वर नगरपालिका वडा न:७ साखिने स्थित साखिने आधारभुत बिधालयमा एक समारोहका बिच २ जेष्ठ नागरिक ९८ वार्षिय चन्द्र बहादुर कार्की र ८४ वार्षिय श्रीमान तामाङले सहरी स्वास्थ केन्द्र उद्घाटन गर्नु भएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष बिनोद तामाङले कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामग्रीको प्रयोग गरी गरिने बिरामीको उपचार वा दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार,प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रूपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गरोस् भन्ने उद्देश्यले सहरी स्वास्थ केन्द्र स्थानपना गरेको र स्थानीय बासिन्दाले सरल र सहज रूपमा सामान्य स्वास्थ सेवा लिन सकुन भन्ने लक्ष्य वडा को रहेको बताएका छन् ।
आजै सहरी स्वास्थ केन्द्र साखिने बाट ९८ वार्षिया चन्द्र बहादुर कार्की, ८४ वार्षिय श्रीमान तामाङ ,भगवती खत्री लगायत स्थानीयले चिकित्सकहरु बाट सेवा प्राप्त गर्नु भएको स्थानीय बासी सबु तामाङले जानकारी दिनुभएको छ।
सामुदायिक बिधालयमा सहरी स्वास्थ केन्द्रको स्थापना भए सगै सिटामोल लगायतका औसधिहरु भीमेश्वर ८ बोच र चरिकोट जानुपर्ने बाध्यता भने तल्कालका हटेको छ। भीमेश्वर ७ साबिक १३ का ५ सय घरधुरी भन्दा बढीका जनताले सो स्वास्थ केन्द्र बाट लाभ लिने निश्चित छ ।
कार्यक्रम भीमेश्वर नगरपालिका र भीमेश्वर नगरपालिका वडा न: ७ को आर्थिक सहयोगमा सन्चालनमा आएको वडा सचीव ऋषि दाहालले जानकारी दिए ।
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
