मेलमिलाप सम्बन्धि २ दिवसीय पुनर्ताजगी तालिम सम्पन्न
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा २० जेष्ठ । दोलखाको सदरमुकाम चरिकोटमा मेलमिलाप सम्बन्धि २ दिवसीय पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
भीमेश्वर नगरपालिका र सामुदायिक मेलमिलाप कर्ता समाज नेपालको संयुक्त आयोजना र स्थानीय सरकार सवलिकरण अन्तर्गत द एसिया फाउन्डेसन,अस्ट्रेलियन याडको आर्थिक सहयोगमा आयोजित २ दिवसीय पुनर्ताजगी तालिमका सहभागीलाई प्रमाण हस्तान्तरण गर्दै कार्यक्रमको प्रमुख अतिथि भीमेश्वर नगरपालिकाक उप मेयर कामला बस्नेतले
मेलमिलापकर्ता भनेको द्वन्द्वरत दुवै पक्षलाई सहजीकरण गर्न सक्ने क्षमतावान्, नैतिकवान्, तडकभडकरहित, नम्र स्वभावको दुवै पक्षलाई न्याय दिनसक्ने, अन्याय हुन नदिने बुद्धिमता, दुवै पक्षले विश्वास गरेको तालिम प्राप्त गरेको, नगरपालिका वा गाउँपालिकामा सूचीकृत भएको निडर, साहसी, दुःख, पीडा, पीर, मर्का बुझेको, निष्पक्ष भएर काम गर्ने, फाटेको मन सिलाउने, भूतभन्दा भविष्यलाई ध्यान दिने सहजकर्ता नै मेलमिलापकर्ता भएको बताउदै जो मेहनती, परिश्रमी, लचकदार, कसैलाई पनि भ्रम नपार्ने व्यक्ति मेलमिलाकर्ता हुन्छन् भने तालिम नलिएको व्यक्ति मेलमिलाप कर्ता हुन पाउँदैन,चुनौतिको सामना गर्न सक्ने, दुबै पक्षको कुरा सुन्ने मानिस र मेलमिलाप गराउन दक्ष भएको, ब्यक्ति नै मेलमिलाप कर्ता हुने जिकिर गर्नु भयो ।

भीमेश्वर नगरपालिका को दोश्रो कार्यकालको लागि जनताले बिश्वास गरि जनप्रतिनिधिको रूपमा पठाएको भन्दै आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर नि स्वार्थ रूपमा निरन्तर जनताको सेवा गर्न आफू तल्लीन रहेको र मेलमिलापकर्ताहरुलाइ भीमेश्वर नगरपालिका र न्यायीक समिति संयोजकको तर्फबाट गर्नुपर्ने सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
दुई दिवसीय तालिममा सामुदायिक मेलमिलाप कर्ता समाज नेपालका केन्द्रिय अध्यक्ष एबम प्रमुख प्रशिक्षक सोभा बस्नेत
ले हाती जस्तो लम्किरहने, मौरी जस्तो समूहमा बस्ने, समयको सचेतना गर्ने, चिराख जस्तो शान्त रहने, ठूलो आवाज निकालेर नबोल्ने, चुनौतिको सामना गर्ने, नडराउने, टाउको नलुकाउने र कसैलाई पनि डस्ने प्रवृत्ति नगर्ने, लोभ लालचमा कहिल्यै नपर्ने, छेपारो जस्तो रङ्ग नफेर्ने, कुनै कुरा पनि भताभुङ्ग पार्ने काम नगर्ने । आफ्नो आँखाको चश्मा खोलौं, सबैको आँखा खोलौं । मेलमिलापकर्ता भनेको विवादको सहजीकरण गर्ने तेस्रो व्यक्ति हो । मेलमिलापकर्ता मेहनती, लगनशील, लचकदार, मिलनसार, मिजासिलो, परिश्रमी, काममा लागि पर्ने व्यक्ति हुनुपर्छ भन्ने विषयमा र प्रशिक्षक ताराबहादुर महतले दुवै पक्षलाई प्रश्न सोध्ने, नयाँ ढाँचाबाट लेख्न जान्ने, न्याय–अन्याय छुट्याउन सक्ने, गोपनीयता भङ्ग नगर्ने, दुवै पक्षलाई सहमतिमा ल्याउन सक्ने मात्र मेलमिलापकर्ता हुन्छ ।

वादविवाद मिलेन भनेर निराश नहुने, पटक–पटक बोलाएर मिलाउन प्रयास गर्ने, आफू कानूनको ज्ञाता हूँ नभन्ने, मैले भनेको मान्नैपर्छ नभन्ने, दुवै पक्षले जितेको महशुस गराउने र त्यसो भएमा तीनै पक्षलाई आनन्द प्राप्त हुन्छ । दुवै पक्षको फाटेको मन चित्त सिलाउने, मन मिलाउने काम गर्नुपर्छ । एकअर्काको दृष्टिकोण बुझ्नुपर्छ र हिजो जस्तै सम्बन्ध कायम गराउनु पर्दछ । झगडाको जड के हो पत्ता लगाउने, जबरजस्ती मेलमिलाप हुँदैन । कहींकतैबाट मेलमिलाप भएन भने एक–एक गरी सहमतिबाटै एकान्त वार्ता गर्ने जस्ता महत्त्वपूर्ण विषयहरुमा प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा भीमेश्वर नगरपालिका वडा न:२ का वडा अध्यक्ष एबम सामुदायिक मेलमिलाप अभियानता स्टालिङ श्रेष्ठ, तारा बहादुर महत,न्यायीक समिति सदस्य बालकृष्ण राय क्षेत्री, किरण केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने तालिम सामुदायिक मेलामिलाप कर्ता समाज नेपालका केन्द्रिय अध्यक्ष शोभा बस्नेतको अध्यक्षताम सम्पन्न भएको थियो ।
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
