भीमेश्वर २ सोक्ला भ्यालीमा पहिलो पटक साहसिक खेल रक क्लाइम्बिङ

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा १८ जेष्ठ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ सोक्ला भ्यालीमा पहिलो पटक रक क्लाइम्बिङ महोत्सव सुरु भएको छ ।
दोलखाको सदरमुकाम चरिकोटबाट ८ किलोमिटरको दूरीमा रहेको सोक्ला गाउँ धार्मिक,सांस्कृतिक,पुरातात्त्विक,साथै
ऐतिहासिक हिसाबले पनि अतेन्तै महत्वपूर्ण दृष्टिकोणले हेरिन्छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना भएको सोक्ला रक क्लाइम्बिङ महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा ८ औँ पटक सगरमाथा आरोही पासाङ भोटे र महासचिव रामकाजी तिवारीको टिमले दुईवटा रुट निर्माण गरेको हो।

चार सय मिटरको उचाइमा रहेको सोक्लाको भीरमा आयोजना गरिएको रक क्लाइम्बिङको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले आज उद्घाटन गरे।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले यो साहासिक खेलले पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने भन्दै खेलको माध्यम बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो ठाउँ समाज र राष्ट्रको गरिमा उच्च राख्न र संसार चिनाउन समेत अहम् भुमिका खेल्ने भन्दै सकारात्मक र रचनात्मक कार्याको लागि भीमेश्वर नगरपालिकाको साथ सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो महोत्सवमा त्रिपुरा स्काउट ट्रपले अाफ्ना विधार्थिहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराइ सामुहिक खेल संन्चालन समेत गराएको र विभिन्न अतिरिक्त क्रियाकलापमा समेत त्रीपुराका विद्यार्थीहरु सक्रिय सहभागी भैरहेको त्रीपुरा ग्लोरीयस एकेडेमी चरिकोटमा अध्ययनप गराउनु शिक्षक तथा स्काउटका पुर्व जिल्ला तालिम आयुक्त,बर्तमान नेपाल स्काउट बिपत व्यवस्थापन सदस्य थिर बहादुर खड्का (अरुण ) ले जानकारी दिनुभयो ।

सोक्ला रक क्लाइम्बिङ महोत्सवमा २५/२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन र चिनाउन समेत महोत्सवले विशेष महत्त्व राख्ने सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.