९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौं १३ अर्ब ७४ करोडमा निर्माण हुने पक्का
साझा दृष्टि संवाददाता
प्राधिकरण, तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड तथा कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौँ — माथिल्लो तामाकोशी आयोजनाबाट निस्किएको पानी उपयोग गरी क्यास्केड प्रोजेक्टका रूपमा निर्माण हुने ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौंको लगानी जुटेको छ । कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपैयाँ ऋण दिएसँगै आयोजना अघि बढ्ने भएको हो । नेपाल विद्युत् प्राधिकरण, तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड तथा कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
निर्माण अवधिको ब्याजसहित २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी अनुमान गरिएको आयोजनाका लागि आइतबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रमुख प्रशासक जितेन्द्र धिताल र तामाकोशी जलविद्युत् कम्पनीका कार्यकारी अधिकृत विनोद भण्डारीले लगानी सम्झौतापत्रमा हस्ताक्षर गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा उक्त ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
निर्माण सुरु भएको ४ वर्षमा सक्ने लक्ष्य रहेको तामाकोशी जलविद्युत्का प्रमुख कार्यकारी निर्देशक विनोद भण्डारीले बताए । लागतको ६५ प्रतिशत बराबर रकम कोषको ऋण र ३५ प्रतिशत स्वपुँजीको छ । स्वपुँजीमा विद्युत् प्राधिकरणको ६८ र सर्वसाधारण समूहको ३२ प्रतिशत लगानी रहने सम्झौतामा उल्लेख छ । आयोजना निर्धारित समयमा बन्ने ऊर्जामन्त्री बस्नेतले विश्वास व्यक्त गरे । नेपालको समृद्धिका लागि जलविद्युत् निकै महत्त्वपूर्ण स्रोत रहेको र यसबाटै प्रगतिको बाटोमा अघि बढ्न सकिने उनको भनाइ छ । ‘हाल जलविद्युत् क्षेत्रको गुणात्मक विकासको संकेत देखिएको छ । यसलाई सही ढंगले प्रयोग गरी आत्मसात् गर्दै अघि बढ्नुपर्छ,’ बस्नेतले भने ।
कोषले आयोजनाबाट आएको पैसा पुनः अर्को आयोजनामा लगानी गर्नु उपयुक्त हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । माथिल्लो अरुण तथा बेतन कर्णाली बनाउन प्राधिकरण तयार रहेको र यसका लागि कोषले ऋण लगानी गर्ने आशा रहेको उनले बताए । कोषसँग पर्याप्त लगानी रकम रहेको र १०६१ मेगावाटको माथिल्लो अरुणमा ५० अर्ब लगानी गरे पनि समस्या नहुने घिसिङको दाबी छ ।
८१५ मेगावाटका आयोजनामा कोषले ६० अर्बभन्दा बढी लगानी गरिसकेको र बेतन कर्णालीमा लगानी गर्न पनि कोष तयार रहेको कोषका प्रमुख कार्यकारी अधिकृत धितालले बताए । आयोजनाले ८ किमि सुरुङ, विद्युत् गृह, करिब २ किमि दूरीको २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्ने जनाएको छ । गत मंसिरमा प्राधिकरणसँग आयोजनाले विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको कम्पनीले जानकारी दिएको छ ।
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
