दोलखामा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : ७ देशका २०० जना खेलाडी सहभागी हुने

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा ३ जेष्ठ । सदरमुकाम चरिकोटमा शनिवारबाट अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ । यस अघि चार पटक अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता भई सकेको दोलखामा यो पाँचाै शृङ्खला आदर्श नेता स्व. भीमबहादुर तमाङ्काे स्मृतिमा चेस होम दोलखाले आयोजना गर्न लागेको अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल च्याम्पियन भई सकेको १० जना खेलाडी सहित विभिन्न सात देशका दुई सय खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठकाे भनाई छ । प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले ६० हजार र तृतीयले ४० हजार नगद पुरस्कार पाउने छन् । सबै विधामा गरि ४७ खेलाडी पुरस्कृत हुने र पुरस्कारमा मात्र झण्डै पाँच लाख खर्च हुने आयोजकले जनाएको छ ।

खेल सञ्चालन हुने पूर्व सन्ध्यामा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नु भएको छ । ट्रफी सार्वजनिक कार्यक्रम आयोजक चेस होम दोलखाको अध्यक्ष गोविन्द श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.