विद्युत उत्पादन बन्द हुँदा माथिल्लो तामाकोशी जलबिधुत आयोजना दैनिक ४ करोड रुपैयाँ घाटामा
साझा दृष्टि संवाददाता
दोलखा १६ , आश्विन
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले माथिल्लो तामाकोसी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठूलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन जतिसक्दो छिटो सुरु गर्नुपर्ने बताए । यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको राज्यमन्त्री तामाङले उल्लेख गरे ।
सन्चालनमा रहेका जलविद्युत् गृहमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ ।
अघिल्लो शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखा बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्याएको छ ।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको छ ।
कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरण पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । डिस्यान्डरमा रहेका दुई पोखरीमा लेदो, गेग्र्यान, ठुल्ठूला ढुंगा थुप्रिएका छन् । दुइटा पोखरी प्रत्येकमा ७५/७५ हजार घनमिटर लेदो, ढुंगा लगायत थुप्रिएको अनुमान छ ।
कन्ट्रोल रुम भवन, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको हो । कन्ट्रोल रुममा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चार जनाको मृत्यु भएको थियो । खहरे खोलामा अझै माथिबाट लेदो आइरहेको र ढुंगासमेत खसिरहेको छ ।
अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाब उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) खुला गरिएको थियो जसका कारण आयोजना संरचनाको सम्भावित क्षति रोकिएको थियो ।
बाँधबाट डिस्यान्डरबीच रहेको कल्भर्टमा पुगेको क्षति अझै यकिन गर्न सकिएको छैन । विद्युत् उत्पादन बन्द हुँदा माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको प्रवर्द्धक कम्पनीले दैनिक ४ करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत टोली विज्ञ समूहसहित मंगलबार आयोजनास्थल पुगी पहिरोले पुर्याएको क्षतिको जानकारी लिएको छ ।
टोलीले संरचना मर्मत गरी विद्युतगृह सञ्चालन गर्ने विभिन्न विकल्पबारे विज्ञ समूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको थियो । टोलीमा जलविद्युत् केन्द्रको सम्पत्ति बीमा गरिएको राष्ट्रिय बीमा संस्थानका सर्भेयर सहभागी थिए ।
राज्यमन्त्री तामाङले माथिल्लो तामाकोसी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठूलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन जतिसक्दो छिटो सुरु गर्नुपर्ने बताए । यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको राज्यमन्त्री तामाङले उल्लेख गरे ।

Screenshot
आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर सञ्चालक समिति अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङ पहिरोले नियन्त्रण कक्ष, डिस्यान्डर, कल्भर्ट लगायत संरचनामा ठूलो क्षति पुर्याएको बताउँछन् ।
अझै पनि खहरे खोलामा बाढी आइरहेको र उक्त संरचना रहेको स्थानभन्दा माथि ठुल्ठूला ढुंगा देखिएको उल्लेख गर्दै घिसिङले उक्त क्षेत्र अझै जोखिमयुक्त रहेकाले लाइडार सर्भेमार्फत समग्र भौगर्भिक अध्ययन गरी जोखिम पहिचान गर्न लागिएको बताए ।
‘डिस्यान्डरमा थुप्रिएको ढुंगा, लेदो लगायत हटाएपछि मात्र उक्त संरचनामा पुगेको क्षति यकिन गर्न सकिने देखिएको छ, त्यसैले सबैभन्दा पहिले ढुंगा, लेदो लगायत हटाउन लागेका छौं,’ उनले भने ।
उनका अनुसार सञ्चालनमा रहेको सबैभन्दा ठूलो विद्युतगृह बन्द हुँदा आन्तरिक रूपमा विद्युत् आपूर्तिका लागि समस्या त परेकै छ, यसबाट वर्षायामको विद्युत् निर्यात पनि नराम्ररी प्रभावित भइरहेको छ । विद्युतगृह चलाउन सकिएन भने हिउँदमा आन्तरिक विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहने देखिएको छ । त्यसबाट जतिसक्दो छिट्टो विद्युतगृह सञ्चालन गर्न हरसम्भव उपाय लगाइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रसाद गौतमले विज्ञ समूहबाट विद्युतगृह सञ्चालन गर्न विभिन्न सुझाव प्राप्त भएको र तिनलाई समेटेर मर्मत सम्भारका उपाय अवलम्बन गरी कार्ययोजना साथ काम सुरु गरिसकिएको बताए ।
‘बाँधमा रहेका गेट चलाउन र डिसेन्डर सफा गर्न गोङ्गरबाट लगिएको ११ केभी विद्युत् लाइन मर्मत सम्भार गरी चालु गर्ने र पावर ट्रान्सफर्मर तथा केबुल प्राधिकरणबाट जडान प्रक्रिया सुरु भइसकेको छ,’ गौतमले भने ।
उनले विद्युतगृह रहेको गोङ्गरबाट बाँधस्थलतर्फ जाने प्रवेश सडक अन्तर्गत काभ्रे भीर नजिक करिब १ सय मिटर सडक भासिएकाले आवागमन असहज भएको बताए ।
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
