भ्रष्टाचारको जालो तोड्न सरकार प्रतिबद्ध  छ उपप्रधानमन्त्री श्रेष्ठ

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा २ जेष्ठ । शनिबार दोलखा सदरमुकाम चरिकोटमा आयोजित उद्योग बाणिज्य संघ दोलखाले आयोजना गरेको समारोहमा बोल्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताउनु भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने दृढता व्यक्त गर्नुभयो ।

‘प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन’, उनले भने, ‘अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकि कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताउनु भएको छ ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले संक्रमणकालिन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकि कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने जानकारी दिनुभएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरु भईरहेको उल्लेख गर्दै त्यसलाई असफल पार्दै अघि बढनुको विकल्प नरहेको ठोकुवा गर्नु भयो ।
एक दशक भन्दा बढि समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकि कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनु परेको उहाँ को भनाई थियो।
उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो  ‘संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकि काम छन। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको कामलाई पूरा गरेर मात्रै हामीले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सक्छौं, शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्न सक्छौं। यो शान्ति प्रक्रियाको बाँकि काम अहिले हामीले हरहालतमा पूरा गर्नु छ। डेढ देश वितिसक्यो। तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं। संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष वितिसक्यो। तर हामीले यो काम पूरा गरेका छैनौं। र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयत्नहरु भईराखेका छन। त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकि कामलाई पूरा गर्नु छ।’

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिनुभयो । मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको दोहोर्याउँदै उनले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले जनताको अपेक्षालाई पूरा गर्न र यो परिवर्तनको औंचित्यलाई पुष्टि गर्न पनि सरकारले आर्थिक समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेको दावी समेत गर्नुभयो । उहाँले भन्नुभयो , ‘जनताको अपेक्षा पूरा गर्न, हाम्रो प्रतिवद्धता पूरा गर्न र यो परिवर्तनको औचित्य पुष्टि गर्नका लागि हामीले समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नु पर्छ। र, फड्को मार्ने दिशामा पुर्याउनु पर्दछ भन्ने हाम्रो अर्को कार्यभार हो। जसलाई हामीले तात्कालिक केन्द्रिय कार्यभार भनेका छौं। यसक्रममा अहिले अर्थतन्त्रको क्षेत्रमा केही समस्याहरु देखा परेका छन्। तत्कालीक रुपमा केही अप्ठ्याराहरु देखा परेका छन। तर, अर्थतन्त्र गम्भिर संकटको चक्रब्यूहमा पसेर निस्कनै नसक्ने जस्तो गरी बुझ्नु हुँदैन । केही समस्याहरु छन्। त्यो समस्याहरुलाई हामीले गम्भिरतापूर्वक विश्लेषण गरिराखेका छौं । त्यसलाई सकारात्मक ढंगले सम्बोधन र समाधान हामी छिट्टै गर्नेछौं। र, फेरी हामी अर्थतन्त्रलाई चलायमान बनाएर, गतिशील बनाएर हामी समृद्धिको यात्रालाई तीव्र बनाउने प्रक्रियामा जानु छ। यो हाम्रो तात्कालिक केन्द्रिय कार्यभार हो।’

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.