नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।

 

नेपालको कसिलो र आक्रामक बलिङसामु यूएईले ३२ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १०० रन मात्र जोड्न सकेको छ।

 

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि स्पिनर दयानन्द मण्डल र कप्तान अशोक धामी नायक साबित भए।

 

मण्डलले यूएईको शीर्ष क्रमलाई ध्वस्त पार्दै एक्लै ४ विकेट लिए भने कप्तान धामीले अविश्वसनीय किफायती बलिङ गरे।

 

पहिलो ओभरमै दयानन्द मण्डलले यूएईका कप्तान ययीन राई (०) लाई आउट गराए। लगत्तै उनले आयान मिसबाह (११), जैनुल्लाह रहमानी (२) र मोहम्मद रायन खान (०) लाई पभेलियन फर्काएपछि यूएईले ६.५ ओभरमा २० रन जोड्दा आफ्ना प्रमुख ४ विकेट गुमाइसकेको थियो।

 

पृथ्वी मधु पनि ४ रन बनाएर कप्तान अशोक धामीको शिकार बनेपछि यूएई ४४ रनमा ५ विकेट गुमाएर धराशायी बनेको थियो।

 

ठूलो संकटमा परेको यूएईलाई अहमद खुदादाद र नुरउल्लाह अयोबीले केही राहत दिलाए। यी दुईबीच छैठौं विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी भयो।

 

तर, टोलीको स्कोर ठिक १०० रन पुग्दा अपराजित पौडेलले यो साझेदारी तोड्न सफल भए। २६ रन बनाएर खेलिरहेका अयोबी ३१.४ ओभरमा बोल्ड आउट भए।

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.