कालिन्चोक गाउपालिका केन्द्र कुविन्डेमा तोकिएको भोलिपल्ट कार्यालय कक्षाको कुर्चि तोडियो

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजकुमार भुजेल (निर)

दोलखा २४ साउन। कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ४ को कुविन्डे बनाउने प्रस्ताव पारित भएकै भोलिपल्ट कार्यालय कक्षाको कुर्चि तोडफोड गरिएको छ।
सोमबार पालीकाको स्थायी केन्द्र वडा नम्बर ४ को कुभिन्डे बनाउने प्रस्ताव पारित भएपनि आज वडा नम्बर ५ का वडा अध्यक्ष सहदेव खड्काले गाउँपालिकाका कार्यकारी अधिकृत नवराज ओलीको कार्यकक्षको महत्वपूर्ण सामानहरू तोडफोड गरेको पाइएको हो।

उक्त कार्यकक्षा भित्रको टेबल ,कुर्चि, वाइफाइ,सोफा लगाएतका सामाग्रीहुरु तोडफोड भएको छ। उनी पालिकाको स्थायी केन्द्र तोक्न सोमबार भएको मतदानको पक्ष वा विपक्षमा नउभिई तटस्थ बसेका थिए ।
सोमबार बसेको गाउँसभामा गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले प्रस्ताव गर्नुभएको दोलखा–सिँगटी सडक खण्डमा पर्ने वडा नम्बर ४ को कुभिन्डे दुई तिहाई मतका साथ पारित भएको थियो । कार्यलयकक्षा तोडफोड भएपछि अहिले यस विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले नियन्त्रण मुक्त भएका छन् ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.