जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा कानुन मन्त्री माननीय धनराज गुरुङज्यु लाई भव्य स्वागत


अगस्ट ३,२०२३ उडसाईड न्युयोर्क ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालय उडसाईड न्युयोर्कमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम नेपाल सरकारका कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री माननीय धनराज गुरुङ लाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले स्वागत गर्दै Untold Stories & Hidden Truth पुस्तक उपहार दिदै सम्मान गर्नुभएको थियो।
सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री उपस्थित हुनुहुन्थ्यो भने एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र जि.सी., एनआरएनए अमेरिका न्युयोर्कका नॅंव निर्वाचित अध्यक्ष हेमन्त मल्ल, समाजसेवी श्याम कार्की, बिरेन्द्र मानन्धर, अनिता परियार प्रभात सापकोटा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथि माननीय धनराज गुरुङले जिपी कोईराला फाउन्डेशन अमेरीकाको प्रशंसा गर्दै अशल टीम र जुझारू नेतृत्वको कारणले अमेरिकामा समाज सेवामा अव्बल रहेको प्रती गर्व गर्दै आगामी दिनहरूमा उच्च राजनैतिक एवं सामाजिक सफलताको शुभकामना ब्यक्त गर्नुहुदै दोस्रो पटक फाउण्डेशनको कार्यालयमा पाईला टेक्न पाउॅंदा अत्यन्तै हर्षित भएको बताउनुभयो ।
फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले धनराज गुरुङज्युले नेपालमा प्रजातन्त्रको लागी खेल्नुभएको भुमीकावारे स्मरण गराउॅंदै वॅंहा एक प्रजातन्त्रको लडाकुको रूपमा आफुले नजीकबाट चिन्ने मौका पाएको र वहाँको आजै नेपाल को यात्रा तय भएकोले सुरक्षित उडानको शुभकामना व्यक्त गर्नु भयो ।
फाउन्डेशनका कार्यसमिति सदस्य सुर्य सिंखडाले फाउन्डेशन सदैव प्रजातन्त्रीक र मानवीय कार्यको लागी लागीरहेकोमा जोड दिनुभयो भने अर्का कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले आपदविपद पर्ने जोसुकैलाई पनी फाउन्डेशनको ढोका खुल्ला रहेको बताउनुभयो।
फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले वहाँहरू सबैलाई कार्यालयमा स्वागत गरी छोटो मिठो अन्तर्कृयात्मक छलफल गर्नपाउँदा आफु लगायत फाउन्डेशन परीवारतर्फबाट खुशी ब्यक्त गर्दै स्थापनाकाल देखी आजसम्म फाउन्डेशन परीवारले निरन्तर समाज सेवामा लागीरहेको र नि: स्वार्थ भावनाका
साथ भविष्यमा पनी समाजसेवामा लागीपर्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष घिमिरेले माननीय धनराज गुरुङज्युको नेपाल फिर्ती उडान आजै बेलुका रहेको र वॅंहाको हवाई यात्रा सुखद एवं आविष्मरणीय रहोस भन्ने कामना समेत गर्नुभयो ।
फाउन्डेशन परीवारको तर्फवाट यती छोटो समयमा भेटघाट एवं छलफलको हाम्रो निमन्त्रणालाई स्वीकारी समय व्यवस्थापन गरी फाउन्डेशनको कार्यालयमा उपस्थित हुनुहुने सम्पुर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्नु भयो।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...