जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा कानुन मन्त्री माननीय धनराज गुरुङज्यु लाई भव्य स्वागत

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

अगस्ट ३,२०२३ उडसाईड न्युयोर्क ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालय उडसाईड न्युयोर्कमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम नेपाल सरकारका कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री माननीय धनराज गुरुङ लाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले स्वागत गर्दै Untold Stories & Hidden Truth पुस्तक उपहार दिदै सम्मान गर्नुभएको थियो।

सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री उपस्थित हुनुहुन्थ्यो भने एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र जि.सी., एनआरएनए अमेरिका न्युयोर्कका नॅंव निर्वाचित अध्यक्ष हेमन्त मल्ल, समाजसेवी श्याम कार्की, बिरेन्द्र मानन्धर, अनिता परियार प्रभात सापकोटा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथि माननीय धनराज गुरुङले जिपी कोईराला फाउन्डेशन अमेरीकाको प्रशंसा गर्दै अशल टीम र जुझारू नेतृत्वको कारणले अमेरिकामा समाज सेवामा अव्बल रहेको प्रती गर्व गर्दै आगामी दिनहरूमा उच्च राजनैतिक एवं सामाजिक सफलताको शुभकामना ब्यक्त गर्नुहुदै दोस्रो पटक फाउण्डेशनको कार्यालयमा पाईला टेक्न पाउॅंदा अत्यन्तै हर्षित भएको बताउनुभयो ।

फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले धनराज गुरुङज्युले नेपालमा प्रजातन्त्रको लागी खेल्नुभएको भुमीकावारे स्मरण गराउॅंदै वॅंहा एक प्रजातन्त्रको लडाकुको रूपमा आफुले नजीकबाट चिन्ने मौका पाएको र वहाँको आजै नेपाल को यात्रा तय भएकोले सुरक्षित उडानको शुभकामना व्यक्त गर्नु भयो ।

फाउन्डेशनका कार्यसमिति सदस्य सुर्य सिंखडाले फाउन्डेशन सदैव प्रजातन्त्रीक र मानवीय कार्यको लागी लागीरहेकोमा जोड दिनुभयो भने अर्का कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले आपदविपद पर्ने जोसुकैलाई पनी फाउन्डेशनको ढोका खुल्ला रहेको बताउनुभयो।


फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले वहाँहरू सबैलाई कार्यालयमा स्वागत गरी छोटो मिठो अन्तर्कृयात्मक छलफल गर्नपाउँदा आफु लगायत फाउन्डेशन परीवारतर्फबाट खुशी ब्यक्त गर्दै स्थापनाकाल देखी आजसम्म फाउन्डेशन परीवारले निरन्तर समाज सेवामा लागीरहेको र नि: स्वार्थ भावनाका
साथ भविष्यमा पनी समाजसेवामा लागीपर्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष घिमिरेले माननीय धनराज गुरुङज्युको नेपाल फिर्ती उडान आजै बेलुका रहेको र वॅंहाको हवाई यात्रा सुखद एवं आविष्मरणीय रहोस भन्ने कामना समेत गर्नुभयो ।
फाउन्डेशन परीवारको तर्फवाट यती छोटो समयमा भेटघाट एवं छलफलको हाम्रो निमन्त्रणालाई स्वीकारी समय व्यवस्थापन गरी फाउन्डेशनको कार्यालयमा उपस्थित हुनुहुने सम्पुर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्नु भयो।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.