संक्रमणकालीन विधेयक अगाडि बढाउने विषयमा तीन दलबीच सहमति

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

संघीय संसद्‌का समिति सभापति चयन गर्ने र विचाराधीन विधेयक अगाडि बढाउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच सहमति भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र संसद्‍को ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको हो ।

प्रधानमन्त्री प्रचण्डले नै संवैधनिक परिषदको बैठकको निर्णय प्रक्रियाका सन्दर्भमा सहमतिमा जान सकिने बताएपछि शीर्ष नेताहरुका बीचमा सहमति जुटेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । उनले सार्वजनिक लेखा समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्त र प्रतिनिधिसभाको एक थप समितिको सभापति एमालेबाट हुने सहमति भएको बताएका हुन् ।

बाँकी आठ समितिका सभापति सत्तारूढ दलहरूबाट हुने सहमति भएको बताइएको छ । संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि मिलाएर अगाडि लैजाने सहमति भएको छ । संवैधानिक परिषद् विधेयकमा पुरानै व्यवस्था राख्ने सहमति भएको जनाइएको छ ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
14 घण्टा अगाडि साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.