छैटौँ अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारको पोल्टामा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा ९ जेष्ठ । दोलखा सदरमुकाम चरिकोटमा शुक्रबारबाट सुरु भएको छैटौँ अन्तर्राष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारको पोल्टामा परेको छ ।

८.५ अंकसहित प्रथम भएका महिन्द्रकारले नगद एक लाखसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए

प्रतियोगिताको दोस्रो र तेस्रो स्थान पनि भारतीय खेलाडीहरूले नै हात पारेका छन्।

प्रतियोगितामा उपविजेता (दोस्रो) भारतकै वेदान्त नगरकाट्य र तेस्रो मोहित कुमार सोनी भएका छन्। ७.५ अंक सहित उपविजेता बनेका नगरकाट्यले ६० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा ७ अंक सहित तेस्रो बनेका सोनीले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजक दोलखा चेस होमका अध्यक्ष गोविन्द मान श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा १२ वर्षमुनिको अर्को प्रतिस्पर्धामा पनि भारतकै ६ वर्षीया बालिका अनुपरिया यादव विजेता बनेकी छन्। उनले ४ अंक प्राप्त गरेको आयोजकले जनाएको छ। नेपाल च्याम्पियन रुपेश जैसवाल ६.५ अंकसहित दशौ भएका थिए भने ६ अंकसहित नेपालका खेलाडी नविन तण्डुकार बेष्ट भेटरान बनेका छन्।

त्यसैगरी महिला तर्फ ६ अंक सहित श्रीलंकाको खेलाडी एसडी रनसिंगे प्रथम भएकी छन् ।
चरिकोटमा आयोजित प्रतियोगिता समापन समारोहमा विजयी प्रतियोगीहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री माननीय शंकर भण्डारीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

दोलखा चेस होम नेपालले पूर्वमन्त्री, आदर्श पुरुष नेपाली काङ्ग्रेसका नेता स्वर्गीय भीम बहादुर तामाङको स्मृतिमा प्रतियोगिता आयोजना गरेको हो । चरिकोटस्थित कालिञ्चोक माध्यामिक विद्यालयमा सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, फ्रान्स र अमेरिकाका गरी १ सय ५६ खेलाडी सहभागि भएको दोलखा चेस होम नेपालका अध्यक्ष गोविन्दमान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियागितामा सबैभन्दा कान्छी खेलाडी भारतकी ६ बर्षिया अनुप्रिया यादव र सबैभन्दा जेष्ठ खेलाडी भारतकै ८३ बर्षिय डाक्टर आर के गुप्ता सहभागि हुनुभएको थियो । भीम बहादुर तामाङ स्मृति प्रतिष्ठान, नेपाल र दोलखा जिल्ला बुद्धिचाल सङ्घको सहयोगमा आयोजित खेल जेठ ५ गतेदेखि सुरु भएको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय बाबू सिवाकोटी, भीमबहादुर स्मृति प्रतिस्ठानका केन्द्रिय अध्यक्ष एबम नेपाली काङ्ग्रेस दोलखाको पार्टी सभापति बर्मा लामा नि बर्तमन पार्टी सभापति रुद्र बहादुर खड्का जिरी नगरपालिकाका मेयर मित्र जिरेल  लगायतले सम्बोधन गर्नुभएको थियो ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.