आँकुराका १२ वर्षीय विद्यार्थीलाई निर्घात कुटपिट 

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

चरिकोट।आँकुरा इङलिस माध्यमिक बाेर्डिङ स्कुलका कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालकलाई प्रिन्सिपलले निर्घात कुटेका छन् । प्रिन्सिपलले कुटेर बालककाे दुवै तिघ्रामा निलडाम भएर बस्नै नसक्ने अवस्थामा छ ।

बैतेश्वर गाउँपालिका वडा नं ३ खानीगाउँका जितबहादुर राउतका १२ वर्षीय छाेरा रञ्जित राउतलाई साेमबार दिउँसो खेल्दा सामान्य कुरामा प्रिन्सिपल अजितकुमार चाैधरीले आफ्नै कार्यकक्षमा लगेर निर्घात कुटपिट गरेका हुन् । दिउँसो स्कुलमा तीज विशेष कार्यक्रम थियाे । कार्यक्रमका बीचमा रञ्जित सहितका विद्यार्थीहरू खेल्दै थिए । खेल्दा प्रिन्सिपलकाे छारीलाई सानाे ढुङ्गा उछिटिएर लाग्याे । त्यसैकाे निहुँमा आफूलाई कुटेको राउतले बताए । दिउँसो कुटपिटपछि साँझ ५ बजेतिर रञ्जित घर पुगे । राउतकाे परिवार तामाकोसी बजारमा सामान्य फलफूल बेचेर परिवार पाल्दै आएको छ । ´घर पुगेर छाेराेले बेलुका खाना नखाई मसँगै सुत्याे´ रञ्जितका बुबा जितबहादुरले भने ´रातभर छट्पटी भएर सुतेन के भयाे भनेर हेर्दा खुट्टा र घाँटीमा निलडाम रहेछ ।` छाेाराेकाे निलडाम देखेपछि विहानै चरिकोट च्छाेराेल्पा अस्पतालमा लगेर जचाएका छन् ।

स्वास्थ्य जाँच गर्दा रगत जमेको र मासु फाटेकाे रिपोर्ट आएको छ ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.