आज बाट जिरी भ्रमण वर्ष २०२५ को शुभारम्भ : ५० हजार पर्यटक भित्र्याउने लक्ष्य
राजन बस्नेत
दोलखाको पर्यटकिय नगरी जिरी नगरपालिकाले आयोजना गरेको जिरी भ्रमण वर्ष सन् २०२५ आजदेखि औपचारिक रुपमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।
मन्त्री गुरुङले मुलुकको आर्थिक विकासका लागि उद्योग, व्यापार, कलकारखाना जस्ता कुरा सरकारले सञ्चालन गर्ने नभइ नीजि क्षेत्रले सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यसमा सरकारको नीतिगत सहयोग रहने बताउनुभयो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विकास–निर्माणमा राजनीति गर्न नहुने जिकिर गर्दै साझा सहमति र सहकार्यको आधारमा विकास–निर्माणका गतिविधि अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामेले जिरी भ्रमण वर्ष २०२५ ले जिरीको पर्यटकीय तथा धार्मिकस्थल, जातजाति, भेषभूषा, रहनसहनलाई दिर्घकालिन रुपमा भावि सन्ततिले समेत ग्रहण गर्न सक्ने गरी स्थानिय सरकारले योजना बनाउनु पर्नेमा जोड दिदै सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ समक्ष कृषि, सडक, शिक्षा, स्वास्थ्य र ग्रामीण विकासमा सहयोग गरी बजेट बिनियोजन गर्न आग्रह गर्दै अरु प्रधानमन्त्री /मत्री आउदै आश्वसन बाड्दै जादै गर्ने गरेको स्पष्ट पार्दै जिरीको विकास निर्णामको कार्यमा सरकारको गम्भिर ध्यान जानुपर्ने र बोलेको कुरा कार्यन्वयन गर्न समेत आग्रह गर्नुभयो ।

पर्यटकीय महत्त्वको जिरीलाई सगरमाथा प्रवेशद्वार, चिजको खानी र नेपालको स्विजरल्यान्डलगायत उपनामबाट चिनिन्छ ।
जिरी आउने पर्यटकहरू हलेसी मन्दिर र खावाको वैशाखेश्वर महादेव गुफा नपुगी फर्किँदैनन् । स्थानीय जिरेश्वर महादेव मन्दिर, गुम्बा, झरनाजस्ता अर्गानिक पर्यटकीय स्थल भ्रमण गर्न पाउँछन् । साथै, जिरेल र शेर्पा जातिको सांस्कृतिक नृत्य, स्वागत, सत्कार र खानाका परिकारहरूको फरक स्वाद पनि लिन पाउँछन् । पछिल्ला वर्षमा जिरीको चियाबारी पनि अर्को पर्यटकीय गन्तव्य बन्दैछ ।

जिरी नगरपालिकाका नगरप्रमुख मित्र बहादुर जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सांसद भरतबहादुर केसी, उर्मिला सुनुवार, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका कर्मा शेर्पा, मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर, जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिरी नगरपालिकाले भ्रमण वर्ष अवधिभर ५० हजार पर्यटक भित्र्याउने र २५ करोड बराबरको आर्थिक क्रियाकलाप गर्ने लक्ष्य राखेको छ ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
10 घण्टा अगाडि साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
