जनजाति कल्याण आश्रमको राष्ट्रिय योजना बैठक काठमाडौंमा सुरु

"जनजाति कल्याण आश्रमले सेवा गर्छ तर ,मेवाको आशा राख्दैन विशुद्ध सेवा गर्छ, तेसैले म आश्रम प्रती प्रभावित छु" डा .शेर्मा

राजन बस्नेत

राजन बस्नेत

जनजाति कल्याण आश्रम ,नेपालको राष्ट्रिय योजना बैठक अग्रवाल भवन कमलपोखरी काठमाडौमा सुरु भएको छ ।

आज एक समारोहका बिच प्रमुख अतिथिको रुपमा किरात मुन्धुम विद तथा ज्योतिष डा. चन्द्र कुमार शेर्मा ज्युले उद्घाटन गर्नु हुदै विश्वका सबै सरकार र शक्तिहरुको विश्वको कल्पना एउटा बिराट मेशिनरुपमा गरिनुपर्ने विचारधारालाई त्याग्नु पर्ने भन्दै परस्पर सहयोग, समानता, न्याय तथा अन्योन्याश्रति ब्यवस्थाको भावनालाई अंगीकार गरेर अगाडि बढ्नुपर्ने र यसरी मात्र ‘बाँच र बाँच्न देऊ’ भन्ने सह–अस्तित्वको मूल मानबीय मन्त्रलाई ब्यवहारमा खरो उतार्न सकिन्छ र उतारिनु पर्दछ भन्ने आफ्नो मान्यता रहेकाले विश्वको कल्पना एउटा परिवारको रुपमा ‘बसुधैब कटुम्बकम्’को रुपमा गरिनु पर्दछ भने ,हामी सबै संसाररुपी एउटै जहाजका सहयात्री हौं,तेसैले
हाम्रा बहु जाति, भाषा, संस्कृतियुक्त समाजले यस्तै स्थिति बोधको आवश्यकता बिगतमा गरेको हो र त्यो असल र आधारभूत परम्परालाई आज पनि दृढताकासाथ पक्रिनु र अझ परिमार्जनकासाथ अघि बढ्नुको कुनै बिकल्प नरहेको जिकिर गर्नुभयो ।


विशेष अतिथिका रुपमा उद्घाटन सत्रलाइ सम्बोधन गर्नुहुदै अखिल भारतिय वनवासी कल्याण आश्रमका राष्ट्रिय संगठन मन्त्री माननीय अतुल जोकले जातीय विविधता समस्या होइन, सम्पत्ति भएको धारणा राख्नुहुदै त्यसका लागि आजाको २१ औ सताब्दीमा निषेधको राजनीति होइन, सहअस्तित्वलाई स्वीकार्न सक्ने दूरदर्शी राजनीति आवश्यक रहेको औल्याउनु भयो । उहाले महिला बालबालिका युवाहरुको हक अधिकारको सुनिच्चितता हुनुपर्ने भन्दै तेस कार्यलाइ जागरण गराउन जनजाति कल्याण आश्रय ,नेपालको जन्मेको ठोकुवा गर्नुभयो ।

जनजाति कल्याण आश्रम, नेपालका माहासचिव प्रेम थुलुङ्ग राईले शुद्ध सामाजिक सेवाको भावना भएका सामाजिक ब्यक्तित्वहरुको सहयोगको माध्यम बाट विविध कार्यहरु संचालन भाइरहेको जानकारी दिनुहुदै “स्वधर्म जानौँ, स्वधर्मको अनुसरण गरौँ।” यस कार्यमा लागे मात्र मानव हित हुने स्पस्ट पार्नुभयो ।

सातै प्रदेश बाट दाईत्वमा रहनु भएका स्वयंसेवक कार्यकर्ता र केही नवीन स्वयंसेवक को उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाको वार्षिक कार्ययोजनाको बारेमा र बिशेषत: बैठकमा गत वर्षमा सम्पन्न भएका कार्य तथा भावि कार्ययोजनाको बिषयमा छलफल तथा अन्तरक्रिया हुने जनजाति कल्याण आश्रमको राष्ट्रिय सचिव कृष्ण कुमार थोकरले जानकारी दिनुभयो ।

 

२२ वर्षअघि वीरगन्ज उपमहानगरपालिकामा चार विद्यार्थीलाई सहयोग गरेर सुरु गरेको आश्रमले अहिले देशभर ११ छात्रावास सञ्चालन गरेर बालबालिकाको शिक्षामा योगदान पुर्याउँदै आएको छ ।

कल्याण आश्रमका केन्द्रिय उपाध्यक्ष प्रमोद कुमार अग्रवाल को अध्यक्षतामा कार्यक्रममा बिशिस्ट अतिथि कल्याण आश्रमका केन्द्रिय उपाध्यक्ष एबम राष्ट्रिय आदिवासी जनजाति उत्थान प्रतिष्ठान, नेपालका सदस्य सचीव कमल राजबंशी लगायतको उपस्थीमा संचालित उक्त कार्यक्रम त्री दिवसीय वासासिय रुपमा माघ १० गते देखि १२ गते मध्यान्ह सम्म चल्ने आमाको माया छात्रवास दोलखा प्रमुख गणेश कुमार प्रजाले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.