दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास

राजन बस्नेत

राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री माननीय मोहन बहादुर बस्नेतले कार्यक्रमको उत्घाटन गर्नुहुदै कम्युनिष्ट पार्टीका नेताहरु जनता सामु कुरा एउटा र काम अर्को गर्न माहिर रहेको बताउनु भएको छ ।

कम्युनिष्टले मुलुकमा शासन गर्ने अवसर पाए पनि त्यसलाई सहि सदुपयोग गर्न नसकेको धाराणा राख्नुहुदै पुर्ब स्वास्थ्य मन्त्री बस्नेतले धेरै पटक शासन सत्ता सम्हालेको कम्युनिष्ट पाटीले देश र जनताको पक्षमा र विकास निर्माणका कार्यमा गहन र दुर्गामी सोच समेत राख्न नसकेको जिकिर गर्नुहुदै कम्युनिष्टहरुमा सत्ता लोलुपता ,परीवारवाद
, बुर्जुवा जीवनशैली, अस्थिरता, चाँडै उत्साहित र निरुत्साहित हुने प्रवृत्ति रहेका कारण पनि जनताले तत्काल विस्वास गरीहाल्ने वातवरण नबनेको ठोकुवा गर्नुभयो । उहाले दोलखाको विकासको लागि आफु कुनै पनि ठाउमा नचुक्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।चुनाव र जनताको मन र मत दुबै जित्न जनताको काम गर्नुपर्ने बताउदै आगामी दिनहरुमा सकृय भएर लाग्न काङ्ग्रेसका नेता तथा कार्यकर्तालाइ आग्रह सहितको निर्देशन दिनुभयो ।


तेसै गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले पार्टीभित्र गुट हुनु स्वभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ ।
नेपाली कांग्रेस भीमेश्वर नगर कार्यसमितिले आयोजना गरेको १०० दिने अभियान कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै सिवाकोटीले भन्नुभयो ‘गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ।’
केन्द्रीय सदस्य सिवाकोटीले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउने जिकिर गर्नुभयो ।

नेपाली काङ्ग्रेस दोलखाका सभापाति बर्मा लामले नागरिक हक,अधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको उल्लेख गर्नुहुदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुन जरुरी रहेको र दोलखा काङ्ग्रेस पाटीलाइ मजबुत बनाउदै तेस तर्फ अघि बढेको धारणा राख्नु भयो ।

काङ्ग्रेसमा निरन्तर रुपमा सकृय भएर सेवा गर्ने अग्रज ब्यक्तित्वहरुलाइ दोसल्ला ओढाइ सम्मान गरीएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री मा मोहन बहादुर बस्नेतले ज्युको प्रमुख आथित्यता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी, नेपाली कांग्रेस दोलखाका पाटी सभापति बर्मा लामा , कांग्रेस नेता इश्वर नारायण मानन्धर,केशव राज चौलागाई, पाटी सचिव रन्जित कुमार पाठक( सन्तोष ) पाटी कोषाध्यक्ष राजेश श्रेष्ठ ,पाटी प्रबक्ता राकेश श्रेष्ठ, महादिबेशन प्रतिनिधि जय राम श्रेष्ठ , च्याङ्गा शेर्पा , दोलखा काठमाडौं सम्पर्क समिति अध्यक्ष सरोज सिवाकोटी, नेत्री मेनुका चौलागाई, लगाएत नेताहरुले कार्यक्रमलाइ सम्बोधन गर्नुभएको थियो ।


कार्यकताहरुको बाक्लो उपस्थीतिमा नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति सभापति शङ्कर कार्किको सभापतित्त्वमा नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा सम्पन्न भएको नेपाली काङ्ग्रेस भीमेश्वर नगर कार्यसमितिका सचिव रुद्र जङ बुढाथोकीले जानकारी दिनुभयो ।

युवा सकारात्मक परिवर्तनका संवाहक हुन
1 घण्टा अगाडि साझा दृष्टि संवाददाता

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
2 घण्टा अगाडि राजन बस्नेत

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...

नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...

नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेत

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...

अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेत

काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...

९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...

.