नेकपा एमाले र माओवादि केन्द्र परीत्याग गरी काँग्रेस प्रवेश गर्नेको लहर
नेपाली काँग्रेस बिगु , कालिन्चोक र गौरीशङ्कर गाउँपालिकाको सम्युत्त रुपमा संगठन सुदृढीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
राजन बस्नेत
दोलखामा नेकपा एमाले र माओवादि केन्द्र परीत्याग गरी काँग्रेस प्रवेश गर्ने ७६ जनालाइ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम पुर्ब स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत ,काङ्ग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले ,अजय बाबु सिवाकोटी र पार्टी सभापति बर्मा लामाले एक समारोहका विच खादा र सदस्यता प्रदान गरी पाटी प्रदेश गराउनुभयो ।
नेपाली काँग्रेस बिगु , कालिन्चोक र गौरीशङ्कर गाउँपालिकाको सम्युत्त रुपमा संगठन सुदृढीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
३ गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम आज सिङ्गटीमा सम्पन्न भएको हो। नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशनमा सञ्चालित सय दिने अभियान अन्तर्गत संगठन सुदृढीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नेपाली काँग्रेस बिगु गाउँपालिका उपाध्यक्षको प्रत्याशि काङ्ग्रेस नेता आङ्निमा जानकारी दिनुभयो ।
१०० दिने अभियान अन्तर्गत नेपाली काङ्ग्रेस केन्द्रीय समितिले दोलखा जिल्लाको लागि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम पुर्ब स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाइ प्रतिनिधि खटाएको थियो ।
प्रमुख अतिथिको रुपमा कार्यक्रलाइ सम्बोधन गर्नुहुदै केन्द्रीय सदस्य बस्नेतले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान सञ्चालन गरेको उल्लेख गर्नुहुदै विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन समेत निर्देशन दिनुभयो ।

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा बागमती सरकारका आर्थिक तथा योजना मामिला मन्त्री कुन्दन राज काफ्लेले कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेस शान्तिपूर्ण र लोकतान्त्रिक उपायबाट समाजवाद स्थापना गर्न चाहने कुरा स्पट पार्दै अब हामीले आर्थिक नीति तयार गर्दा आफ्ना स्थानीय आवश्यकतालाई प्राथमिकता दिनुपर्ने कुरा औल्याउदै स्थानीय एवं रैथाने ज्ञान, सीप, क्षमता, स्रोतसाधन नै वास्तवमा आर्थिक सबलीकरणका माध्यम भएको कारण जनताको जीवनमा ल्याइने सकारात्मक परिवर्तनमुखी विकासका लागि यी माध्यमको प्रयोग अपरिहार्य रहेको ठोकुवा गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले १०० दिने काङ्ग्रेस अभियानले जनताको सामूहिक भावना आत्मसात गर्नेछ र विध्यमान समाजले झेलिरहेको गरिवी, वेरोजगारी, भ्रष्टाचार र परनिर्भरता जस्ता प्रमुख समस्याको निराकरण गर्नका लागि संविधानको मर्मअनुसार हाम्रा सार्वजनिक संस्थाको संरचनात्कम रुपान्तरणको पक्षमा जबर्जस्ती माहोल सिर्जना गर्ने जिकिर गर्दै
नेपाली काङ्ग्रेस प्रत्येक दिन, प्रत्येक क्षण जनताको दैनिकीसँग जोडिएको छ, काङ्ग्रेस नेतृत्व जिम्मेवारीपूर्वक जनताको गुणस्तरीय जीवन जिउने कुराको सुनिश्चितता खोजिरहेको छ । समग्र पार्टी पंक्ति त्यसलाई सार्थक तुल्याउन सिर्जनशील भएर चिन्तन मनन गरिरहेको छ भन्ने सन्देश अभियानले दिने विस्वास गर्नुभयो ।

नेपाली काङ्ग्रेस दोलखा पार्टी सभापति बर्मा लामाले यो अभियानले पार्टीका जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्ने लगायतका सांगठनिक कार्यमा केन्द्रित हुने बताउदै नेपाली काङ्ग्रेस तीन तहमै प्रमुख दलको रूपमा सत्तामा हुँदासमेत आम जनतामा निराशा किन बढिरहेको छ ? किन व्यवस्थामाथि औंला ठड्याउने जटिल परिस्थिति निर्माण हुँदैछ ? हो त्यसैका लागि यो १०० दिने अभियान भएको छ । हामी अन्तर्क्रिया, संवाद र यात्रामार्फत त्यसको वास्तविक कारण खोज्ने त छौँ नै सङसङै आशाका किरण छर्नेछौँ । उहाले थप्नुभयो त्यति मात्र होइन काङ्ग्रेसका तर्फबाट सरकारमा सामेल भएका प्रतिनिधिलाई अझ बढी जिम्मेवारीपूर्वक जनताको सेवामा लाग्न ऊर्जा प्रदान गर्नेछौं । नेपाली काङ्ग्रेसमा आवद्ध समग्र पंक्तिलाई वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा मजबुत बनाउने दिशामा यो अभियानले महत्त्वपूर्ण योगदान दिनेछ ।

नेपाली काङ्ग्रेस खादोलखाका उप सभापति अर्जुन सिवाकोटीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम पुर्ब स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य कुन्दन राज काफ्ले, केन्द्रीय सदस्य अजय बाबु सिवाकोटी, जिल्ला पाटी सभापति बर्मा लामा , भीमेश्वर नगर प्रमुख ईश्वर मानन्धर, काङ्ग्रेस नेता केशव राज चौलागाई, तारा कुमार खड्का, दोलखा-काठमाडौं सम्पर्क समति अध्यक्ष सरोज सिवाकोटी, नेता पदम पाठक, आङ्निमा शेर्पा ,सन्जिप पाण्डे , लगायतले सम्बोधन गर्नु भएको थियो।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
