कालिञ्चोकमा आन्तरिक तथा बाह्य पर्यटकलाइ हिउँ खेल्न निम्तो

हिउँ पर्यो फुरुरु ! २०८१ सालको पहिलो हिउँ

राजन बस्नेत

राजन बस्नेत

हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरु भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँ पर्ने मुख्य यामअनुसार आजदेखि सुरु भएको हिमपात केही दिनसम्म रहन सक्ने अनुमान गरिएको छ ।

दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज साझ देखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो ।

कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै पहिलो पटक आज साझ देखि हिमपात सुरु भएको कालिञ्चाकका होटल व्यवसायी नवराज पाख्रिनले बताए ।

धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको कालिञ्चोक दोलखावासीहरूले गौरव गर्ने एउटा महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ ।

धर्मप्रति आस्थावान् भएर पूजा आराधना गरी कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासले भगवतीको दर्शन गर्न श्रद्धालु भक्तजन जाने गरेको बताइन्छ ।

समुद्र सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक भगवतीका बारेमा केही किंवदन्ती प्रचलित छ ।

परापूर्व कालमा कुतीबाट खासा हुँदै भेडा ल्याउँदा कालिञ्चोकबाट नै ल्याउनु पर्दथ्यो । यहाँ आइपुग्दा सात वटा भेडा भेडा हराएका थिए । त्यसपछि गोठालाहरुले कामेर बक्दै अबीर, केशरी र भेटी चढाएपछि भेडा हराउन छोडेको जनविश्वास रहेको छ । त्यसपछि कालिञ्चोक भगवतीलाई मान्ने क्रम सुरु भएको स्थानीय मकरध्वज तामाङ बताउनु हुन्छ ।

स्कन्द पुराणमा कामाचल गिरी हिमवत खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिञ्चोक हो यससँग सम्बन्धित जानकारहरू बताउँछन् । उनीहरूका अनुसार तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिञ्चोक हो ।

यहाँ जनैपूर्णमा, कृष्णाष्टमी समेतमा विशेष मेला लाग्ने गर्दछ । मेलामा धाँमीझाँक्रीको ठुलो भीड हुने गर्दछ भने अन्य भक्तजनहरू पनि छोराछोरी, धनसम्पत्ति, विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेको स्थानीयवासी बताउँछन् ।

यहाँ कुनै भगवतीको मूर्ति देख्न पाइँदैन । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिञ्चोक भगवती भनी पुज्ने गर्दछन् ।

चरिकोट–कुरी १८ किलोमिटर कच्ची सडक निर्माण भएको छ । कुरीमा सयौँ होटल लज बनेका छन् । कुरीबाट मन्दिरसम्म पुग्न केबुलकारको पनि व्यवस्था भएको छ । क

महत्त्वपूर्ण र सुरक्षित, धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय सरकार जुरमुराउन लागेको छ । कालिञ्चोकमा केबलकार निमार्णसँगै यो क्षेत्रमा आउनेका सङ्ख्यामा वृद्धि भएको छ ।

आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै यहाँका होटलहरुमा लगानी थपिँदै गएको छ । आसपासका इन्द्रावती, लापिलाङ र कालिन्चोक गाउँपालिकाबाट पनि सडक सञ्जाल जोडिन थालेका छन् । हराभराका लागि वृक्षारोपण पनि गरिने गुरुयोजना बनेको छ । काठमाडौँतिरबाट त आवतजावत छँदैछ, अब दक्षिणतिर झापासमेतबाट आवतजावत गर्न प्याकेजको रूपमा व्यवस्था मिलाउन लागिएको गाउँपालिका अध्यक्ष अर्जुन सिवाकोटीले जानकारी दिनुभयो ।


कुरी उपत्यकाबाट कालिञ्चोक भगवतीको मन्दिर पुग्न पैदल यात्रा गर्दा झण्डै एक घण्टा उकालो चढ्नुपर्छ ।
अहिले पर्यटकको सुविधालाई मध्यनजर गर्दै केवलकारको पनि सुविधा छ । यात्रुहरु केवलकार वा हिडेर आफ्नो इच्छा अनुसार मन्दिरसम्म पुग्न सक्छन् ।
कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिमश्रृङ्खला र प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ ।

कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड यो शक्तिपीठको मुख्य विशेषता हो । जुन पहाडको चुचुरोमा भएर पनि बाह्रै महिना पानीको कुण्ड जमेको देख्न सकिन्छ ।
कालिञ्चोक दोलखा जिल्लाको रमणीय एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण स्थानका रूपमा परिचित छ । कालिन्चोक माताको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्म हिमाल नै हिमालको लाइन देख्दा यहाँ पुग्ने सबैले स्वर्ग पुगेको अनुभूति गर्छन् ।

मोटरबाटोमा जिप, गाडी र मोटरसाइकल चलाउन सकिन्छ । यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन ।

चरीकोटबाट करिब एक घण्टाको हिँडाइपछि देउराली भन्ज्याङ पुगिन्छ । देउरालीमा १०/१२ वटा पसल मात्रै छन् । त्यहाँबाट माथि उक्लिएपछि कुरी नपुगेसम्म बाटोमा पसल भेटिँदैनन् । त्यहाँबाट घना जङ्गलको बाटो हिँड्नु पर्छ ।

यातायात सहज रुपमा सन्चालनमा रहेको छ । कुरी बास बस्ने ठाउँ हो । यहाँ धेरै वटा होटलहरु खुलिसकेका छन् । कुरीमा बास बसेपछि बिहान ५/६ बजे कालिन्चोक डाँडा उक्लिन सकिन्छ ।

हिउँद वा बर्खामा मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ । गाडीबाट पनि करिब १ घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ ।

मन्दिर आसपासका कुरीलगायतको जग्गा सामुदायिक वन र गुठीको कसको हो भन्ने विवाद टुङ्गिन सकेको छैन । विवादबीच पनि गुठी सम्बन्धीको मालपोत कार्यालयले भरखरै चन्दा सुरक्षितका लागि पुजारीको व्यवस्था गरेको छ ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.