भूमि सम्बन्धी समस्या समाधानका लागि बनेको भूमि आयोगले द्रुतगतिमा काम गर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूमिसम्बन्धी समस्या समाधानका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रुतगतिमा काम गर्ने बताएका छन् ।
रौतहटको चन्द्रपुर–१ बागमतीमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भूमिहीनका समस्या देशैभरि रहेकाले तिनको समाधानका लागि आयोगले परिणाम देखिने गरी काम गर्ने बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले मधेश प्रदेशकै पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको यहाँको नुनथर क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने र त्यसका लागि आवश्यक योजना बनाउन स्थानीय नेताहरुलाई आग्रह गरे।
“सरकार देखिने र सुनिने गरी उपलब्धिमूलक काममा अग्रसर भइरहेको छ । जनताको हित हुने योजनाहरू बनाउनुस् । त्यसमा हाम्रो सहयोग रहन्छ । नुनथरको विकासका लागि पनि के गर्नुपर्छ योजनासहित आउनुस्, छलफल गरेर निष्कर्षमा पुगौँला”, उनले भने ।
कार्यक्रममा चन्द्रपुर–१ का वडाअध्यक्ष बलराम राउतले आफ्नो वडाको समस्याबारे मन्त्री सिंहलाई जानकारी गराएका थिए ।
प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेतचितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...
भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेतभीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...
विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेतभारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...
अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेतदोलखा जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेतट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...
दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेतनेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...