नागरिकको नजरमा दोलखाको पत्रकारिता

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

नागरिकको नजरमा दोलखाको पत्रकारिता

दोलखाको पत्रकारिताको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला कार्यसमितिको आयोजनामा भएको ‘नागरिकको नजरमा दोलखाको पत्रकारिता’ विषयक कार्यक्रममा पत्रकार र पत्रकारिता क्षेत्रको सुधारमा वक्ताहरुले जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभाका सांसद भरत केसीले पेशागत मर्यादाभित्र रहेर कलम चलाउन आग्रह गरे । पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउनु पर्नेमा जोड दिँदै उनले सरकारलाई पत्रकारहरुले निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
‘जसले गरेको भएपनि गलत कुराको उजागार गर्नुपर्छ, राम्रो कामको पनि प्रचार गर्नुपर्छ, पत्रकारले कतैबाट प्रेरित र परिचालित नभई निष्पक्ष ढंगले कलम चलाउनुपर्दछ, राज्यलाई खबरदारी गर्नुपर्छ, उनले भने ।’

पत्रकार महासँघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस दोलखाका उपसभापति अर्जुनप्रसाद शिवाकोटी, दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, पत्रकार महासँघ दोलखाका निर्वतमान अध्यक्ष दिपशंकर चौँलागाई लगायतले महासंघ र पत्रकारिताको गरिमा जोगाएर काम गर्न नवनिर्वाचितहरुलाई आग्रह गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, केन्द्रीय सदस्य लक्ष्मण थामी, वाग्मती प्रदेश सचिव श्याम खतिवडाले कमीकमजोरी सुधार गर्दै महासंघ र पत्रकारहरुको शिर उचो बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।
यसैबीच कार्यक्रमको अबसरमा नेपाल पत्रकार महासंघको प्रदेश र केन्द्रीय समितिमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा पत्रकार महासंघको केन्द्रीय सचिवमा निर्वाचित रामेश खतिवडा, केन्द्रीय सदस्य लक्ष्मण थामी, पत्रकार महासंघ बागमती प्रदेशका सचिव श्याम खतिवडा तथा प्रदेश सदस्य राजन थामीलाई सम्मान गरिएको थियो ।
यसैगरी पत्रकार महासंघको निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने अधिवक्ता सुब्बा श्रेष्ठ, देवराम बुढाथोकी र वावुराम शर्मालाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाता

चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

.