नागरिकको नजरमा दोलखाको पत्रकारिता

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

नागरिकको नजरमा दोलखाको पत्रकारिता

दोलखाको पत्रकारिताको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला कार्यसमितिको आयोजनामा भएको ‘नागरिकको नजरमा दोलखाको पत्रकारिता’ विषयक कार्यक्रममा पत्रकार र पत्रकारिता क्षेत्रको सुधारमा वक्ताहरुले जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभाका सांसद भरत केसीले पेशागत मर्यादाभित्र रहेर कलम चलाउन आग्रह गरे । पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउनु पर्नेमा जोड दिँदै उनले सरकारलाई पत्रकारहरुले निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
‘जसले गरेको भएपनि गलत कुराको उजागार गर्नुपर्छ, राम्रो कामको पनि प्रचार गर्नुपर्छ, पत्रकारले कतैबाट प्रेरित र परिचालित नभई निष्पक्ष ढंगले कलम चलाउनुपर्दछ, राज्यलाई खबरदारी गर्नुपर्छ, उनले भने ।’

पत्रकार महासँघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस दोलखाका उपसभापति अर्जुनप्रसाद शिवाकोटी, दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, पत्रकार महासँघ दोलखाका निर्वतमान अध्यक्ष दिपशंकर चौँलागाई लगायतले महासंघ र पत्रकारिताको गरिमा जोगाएर काम गर्न नवनिर्वाचितहरुलाई आग्रह गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, केन्द्रीय सदस्य लक्ष्मण थामी, वाग्मती प्रदेश सचिव श्याम खतिवडाले कमीकमजोरी सुधार गर्दै महासंघ र पत्रकारहरुको शिर उचो बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।
यसैबीच कार्यक्रमको अबसरमा नेपाल पत्रकार महासंघको प्रदेश र केन्द्रीय समितिमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा पत्रकार महासंघको केन्द्रीय सचिवमा निर्वाचित रामेश खतिवडा, केन्द्रीय सदस्य लक्ष्मण थामी, पत्रकार महासंघ बागमती प्रदेशका सचिव श्याम खतिवडा तथा प्रदेश सदस्य राजन थामीलाई सम्मान गरिएको थियो ।
यसैगरी पत्रकार महासंघको निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने अधिवक्ता सुब्बा श्रेष्ठ, देवराम बुढाथोकी र वावुराम शर्मालाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

बालेनलाई पितृ शोक
साझा दृष्टि संवाददाता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ।   पारिवारिक स्रोतकाअनुसार उनका बुबा रामनारायण शाहको सोमबार...

दोलखा कांग्रेसले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने
राजन बस्नेत

नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको सभापतित्वमा बसेको कार्य सम्पादन समिति बैठकले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका...

एमाले दोलखाका पूर्वसचिव दुलाल नेकपामा प्रवेश
साझा दृष्टि संवाददाता

नेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश...

अहिलेको सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन: ओली
साझा दृष्टि संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण...

.