एउटा अवोध सपनाको अवसान !

राजन बस्नेत

राजन बस्नेत

लगभग ३ वर्षअघि बजारमा आएको यो गीत नेपाली सांगीतिक आकाशमा गुन्जिइरहनेछ । यसका गायक १३ वर्षीय सचिन परियार भने भौतिक रूपमा अब गुन्जिने छैनन् । उनै गायक बिहीबार सदाका लागि यो दुनियाँबाट अस्ताएका छन् । जो नौ वर्षको उमेरमा भाइरल भए । लगत्तै गुमनाम हुनुको नियति पनि भोग्नुपर्‍यो ।
आमिर खानले निर्माण गरेको एउटा हिन्दी फिल्म छ, ‘पिपली लाइभ’ । फिल्ममा दुई किसान दाजुभाइको कथा छ । कहिल्यै नसकिने दुःख र कहिल्यै नभरिने पेट बोकेर बाँचेका उनीहरुलाई बैंकको ऋणले थप अत्याएको छ । यस्तो परिस्थितिमा उनीहरुले थाहा पाउँछन् कि कुनै किसानले आत्महत्या गरेको अवस्थामा स्थानीय सरकारले मुआब्जावापत राम्रै पैसा दिनेछ ।
अब सोझा किसान आत्महत्या गर्ने तयारीमा लाग्छन् । यो खबर स्थानीय समाचारदाता हुँदै मूलधारका टेलिभिजनसम्म पुग्छ । सरकारी मुअब्जाका लागि किसानले आत्महत्या गर्ने खबर ती मिडियालाई गजब लाग्छ । र, आत्महत्या गरेको एक्सक्ल्युसिभ समाचार देखाउने होडबाजी चल्छ ।
भएभरका मूलधारका मिडिया ती किसानको झुपडीमा पुग्छन् । प्रत्यक्ष प्रसारणका लागि ओबी भ्यानको ताँती लाग्छ । अब दर्जनौं क्यामेराले किसानलाई पछ्याउन थाल्छन् । खाना खाँदा होस् वा शौचालय जाँदा कहीं कतै छाड्दैन । किसानलाई आत्महत्या गरेर मर्नुभन्दा हरक्षण पछ्याइरहने क्यामेराबाट जोगिन मुस्किल हुन्छ ।

मूल विषयको संवेदनशीलतालाई ख्यालै नगरी कसरी कसैलाई सेन्सेसनल बनाउने होड चल्छ ? सो फिल्मले छर्लङ्ग देखाउँछ । सन् २०१० मा प्रदर्शित यो फिल्मको प्रसंग अहिले हाम्रो सन्दर्भमा ठ्याक्कै मेल खान्छ ।

जस्तो, सचिन परियारको कुरा गरौं । एउटा अबोध बालक जसलाई सोसल मिडियामा ‘भाइरल’ बनाइयो र सुविस्ताले बाँच्नसमेत दिइएन । न उनलाई लेखपढ गर्न दिइयो, न स्वच्छन्द बाल्यकाल बिताउन । कहिले गाउँमा पुर्‍याउने, कहिले सहरमा ल्याउने । कहिले गीत गाउन लगाउने, कहिले नाच्न । कहिले रुवाउन लगाउने, कहिले हँसाउन । उनी के चाहन्थे ? कस्तो जीवन बाँच्न चाहन्थे ? कसलै सोधीखोजी गरेनन् । बरु कुनैबखत सर्कसमा प्रयोग गरिने प्राणीलाई झैं मान्छेहरुले यी बालकलाई आफ्नो स्वार्थ र सुविधा अनुसार दोहन गर्न थाले । यस्तै धपेडीबीच उनी रोगी भए ।

उनको रोगी शरीरलाई कहिले दोहोरीमा पुर्‍याइयो, कहिले झाँक्रीकहाँ । त्यसलाई भिडियो बनाएर सोसल मिडियामा व्यापक बनाइयो । उनी नाचेको, हाँसेको मात्र होइन, बिरामी भएको, बाटोमा मागेर हिंडेको विषयलाई पनि ‘बिकाउ सामग्री’ बनाइयो ।

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.