सन् २०२४ मा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण
साझा दृष्टि संवाददाता
सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० घट्ना भएका छन् । २०२३ मा यस्ता घट्नाको संख्या ५८ थियो । यो वर्ष प्रेस स्वतन्त्रता हननका घट्ना बढेको नेपाल पत्रकार महासंघले जनाएको छ । पत्रकार महासंघको सञ्चार अनुगमन शाखाको अभिलेख अनुसार यस वर्ष ३४ जना महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् । १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् । सन् २०२२ मा ५३ वटा घटना भएको थियो ।
प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा यो वर्ष चुनौतीपूर्ण बनेको पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको ठहर छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घट्नामा सत्यतथ्य छानविन गरी दोषीलाइ कानुनी कारबाहीको दायरामा ल्याउन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले सरकारले ल्याउने प्रेससम्बन्धी कानून संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउन समेत माग गरेको छ ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
13 घण्टा अगाडि साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
