मेलमिलाप दिवस नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण माइलस्टोन हो : सभापति लामा

राजन बस्नेत

राजन बस्नेत

४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा नेपाली काङ्ग्रेस दोलखाको पार्टी कार्यलयमा आयोजित एक समारोहमा नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले प्रत्येक वर्ष पौष १६ मा मनाइने मेलमिलाप दिवस नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण माइलस्टोन भएको बताउनु भयो ।

पार्टी सभापति लामाले बीपी कोइरलाको तस्विरमा माल्यार्पण गर्दै आजको दिनले केवल तत्कालीन राष्ट्रिय परिस्थितिको मात्र नभई नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान, र लोकतान्त्रिक आदर्शप्रतिको प्रतिबद्धताको पनि सम्झना गराइरहने धारणा ब्यक्त गर्नुभयो ।
सभापति लामाले नेतृत्वको भिन्नता र विचारधाराको विविधता जति नै रहे पनि, राष्ट्रिय स्वाभिमान र प्रजातान्त्रिक मूल्यहरू माथि राखेर सहकार्य र संवादको नीति नै देशको समृद्धिका लागि मार्गदर्शक बन्न सक्ने जिकिर गर्नुभयो ।

२०३३ सालको यो ऐतिहासिक घडीमा नेपाली राजनीतिमा विविध उथलपुथल चलिरहेका थिए। भारतमा इन्दिरा गान्धिको शासनका क्रममा बाङ्लादेश र सिक्किमको सन्दर्भमा भारतले आक्रमकता प्रदर्शन गरिरहेको थियो। त्यही बेला भारतभित्रै सङ्कटकाल लागु गरी प्रेस स्वतन्त्रता समेत खारेज गरिएको थियो। यस्तै परिस्थितिमा, भारतको भूमि प्रयोग गरेर नेपालमा आन्दोलनरत बीपी कोइरालालाई भारतले महत्वपूर्ण शर्तहरूसहित सहयोग गर्ने प्रस्ताव राखेको थियो।

भारतले बीपीसमक्ष नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहयोग गर्ने तर यसको बदलामा नेपालको विभिन्न महत्वपूर्ण मन्त्रालयहरू आफूलाई सुम्पिनुपर्ने सर्त अघि सारेको थियो। यो शर्तले बीपीलाई गम्भीर चिन्तन गर्न बाध्य बनायो। आफ्नो देशमा प्रजातन्त्र पुनःस्थापित गर्न बीपी दृढ इच्छाशक्तिसहित अग्रसर थिए, तर भारतको सहारामा अर्को “लेण्डुप दोर्जे” बन्न तयार थिएनन्। यसैले उनले भारतको सर्त अस्वीकार गर्दै राजासँग मिलेर राष्ट्रिय एकताको बाटो अपनाउने निर्णय गरे।

२०३३ सालको पौष १६ गते, बीपी कोइरालाले “राष्ट्रिय मेलमिलापको नीति” अघि सार्दै नेपाली जनताका नाममा ऐतिहासिक अपिल गरे।
आफ्नो सम्बोधनमा उनले भनेका थिए, “प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानको परवाह नगरी यसको अस्तित्वको रक्षा गर्नु पर्दछ। हामीलाई लाग्दछ, आज त्यो घडी आएको छ ! यसरि आफ्नो ज्यानको प्रवाह नगरि बिपि कोइराला, गणेशमान सिङ्ह , शैलजा आचार्य लागायका नेता नेपाल फर्किए !
तर दुर्भाग्यवश, राजाले यो अवसरलाई सदुपयोग गरेनन्। बरु बीपी कोइराला र अन्य नेपाली कांग्रेस नेताहरूलाई पक्रेर जेल हाले।

आज, मेलमिलाप दिवसले बीपी कोइरालाको दूरदर्शिता र राष्ट्रिय हितप्रतिको लगावलाई सम्झाउने काम गर्छ। यो नीति केवल राजतन्त्र र प्रजातन्त्रबीचको सहकार्यको प्रयास थिएन, बरु नेपालको राष्ट्रिय अखण्डता, स्वाधीनता, र लोकतान्त्रिक व्यवस्थाप्रतिको सम्मान पनि थियो। वर्तमान समयमा, यो नीतिको सान्दर्भिकता अझ गहिरो महसुस हुन्छ, किनभने नेपाली राजनीतिक परिदृश्यमा मेलमिलाप र सहकार्यको खाँचो निरन्तर रहन्छ।

राष्ट्रिय मेलमिलाप दिवसले हामीलाई यही पाठ सिकाउँछ कि सहकार्य नै दीर्घकालीन समाधानको प्रमुख आधार हो।

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.