अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन
अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको एक सय वर्षको उमेरमा जर्जियास्थित आफ्नै घरमा निधन भएको छ । सन् १९२४ को अक्टोबर १ मा जन्मिएका कार्टर सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाको ३९औं राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ अमेरिकी इतिहासमा सबैभन्दा लामो समय जीवित रहेका राष्ट्रपति समेत हुनुहुन्थ्यो ।
कार्टर केही समयदेखि ‘मेलानोमा’ नामक रोगबाट पीडित हुनुहुन्थ्यो । ‘मेलानोमा’ छालाको क्यान्सरको एक प्रकार हो । उक्त रोग उहाँको कलेजो र मस्तिष्कमा फैलिएको थियो । सन् २०२३ मा, उहाँले अस्पताल आफ्नो रोगको लागि उपचार नगर्ने निर्णय समेत गर्नुभएको थियो ।
राष्ट्रपति पद छाडेपछि उहाँले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत धेरै वर्ष मानवीय काम सञ्चालन गर्नुभयो । उहाँले युद्धको समाधान खोज्ने, चुनावको अनुगमन र रोग उन्मूलन गर्ने दिशामा काम समेत गर्नुभएको बीबीसीले जनाएको छ । कार्टर सेन्टर मार्फत गरेको कामका लागि उहाँलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
कार्टरको जन्म अमेरिकाको एक किसान परिवारमा भएको थियो । सन् १९६० मा राजनीतिमा प्रवेश गर्नुभएका कार्टर सन् १९७१ मा पहिलो पटक आफ्नो राज्यको गभर्नर बन्नुभएको थियो । त्यसको ठीक ६ वर्षपछि कार्टर रिपब्लिकन पार्टीका अध्यक्ष जेराल्ड फोर्डलाई हराएर राष्ट्रपति बन्न सफल हुनुभएको थियो ।
राष्ट्रपति जो बाइडन, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत विश्वका नेताहरूले उहाँको निधनप्रति दुःख व्यक्त गरेका छन् । कार्टर चुनाव पर्यवेक्षण लगायत विभिन्न उद्देश्यले नेपाल भ्रमणमा पनि आउनुभएको थियो ।
प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेतचितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...
भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेतभीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...
विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेतभारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...
अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेतदोलखा जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेतट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...
दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेतनेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...