दोलखाकी बिनिता अधिकारी जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल महिला अध्यक्ष
राजन बस्नेत
विश्वब्यापी संजालमा रहेको जजय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोवल वुमन नेटवर्कको अध्यक्षमा बिनिता अधिकारीलाई चयन गरेको छ ।
विश्वभरका महिलाहरुको संजाल बनाउन अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । नेपाली काँग्रेस महासमिति सदस्य रहेकी उनी काठमाडौंको पद्यमकन्या क्याम्पसको पूर्व स्ववियु सभापति हुन् । उनको नेतृत्वको क्षमताको आधारमा जिम्मेवारी दिइएको जय नेपाल फाउण्डेसन अन्र्तराष्ट्रियका केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्ले बताए । फाउन्डेसनले नियमावली २०२४ को धारा ७।३ र १४।१ ब्मोजिम अधिकारीलाई संस्थाको अध्यक्षमा नियुक्त गरेको काफ्लेले बताए ।
जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् । अध्यक्ष डा. पण्डितले फाउन्डेसनको उपनियम–२०२४ को ७.३ र १४.१ अनुसार नेपाली कांग्रेसकी युवा नेतृ अधिकारीलाई ग्लोबल वुमन नेटवर्कको अध्यक्षमा नियुक्त गरेका हुन् ।
मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनका लागी स्थापित जय नेपाल फाउन्डेसनको संगठन विस्तार गरी विश्वभर छरिएका प्रजातन्त्रवादीहरुलाई एकत्रित गरिएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्न सक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम सञ्चालन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको हो । केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्ले देश विदेशमा फाउण्डेसनलाई विस्तार गरेर गतिविधि तिब्र बनाएको बताए ।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
