सामुदायिक वनमा उद्यमको सम्भावना : युवा नेतृत्वको खोजी गर्दै फेकोफन

देशभरका युवा एक ठाउँ : नेतृत्व लिन तयार

राजन बस्नेत

राजन बस्नेत

” वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार : समावेशी , सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार ” भन्ने मुल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (FECOFUN) द्वारा ३ दिवसिय युवा नेतृत्व विकास राष्ट्रिय कार्यशालको आयोजना गरीएको छ ।

युवा नेतृत्व विकास राष्ट्रिय कार्यशामा सहभागीहरुलाइ सम्बोधन गर्नुहुदै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्दीय अध्यक्ष ठाकुर भण्डारीले युवा राष्ट्रका गहना, भविष्यका कर्णधार,उन्नतिका नायक ,उत्साहका परिचायक ,राष्ट्र निर्माणका प्रमुख स्रोत , राष्ट्रका अमुल्य नीधि ,परिवर्तनका संवाहक र विकासका उत्प्रेरक भएको बताउनुहुदै कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाको क्रियाशीलता, लगनशीलता, मेहनत, अनुशासन र उत्पादनशीलतालाई मान्न सकिने तर नेपाली समाजमा युवाशक्तिको सही पहिचान र युवाको क्षमताको सदुपयोग हुन नसकेको प्रति आफु र आफुले नेतृत्व गरेको सस्था सचेत रहेको जिकिर गर्नुभयो ।

 

उहाले भन्नुभयो राष्ट्रले युवाका लागि सही कार्यदिशा र नीति तर्जुमा गरी लागु गर्न सकेन भने व्यक्ति, समाज, राष्ट्र अनि विश्वलाई नै दुर्भाग्य हुन सक्छ तेसैले कुनै पनि देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत क्षेत्रमा युगान्तकारी परिवर्तन गर्ने सवालमा युवाको भूमिका सदैव अग्रणी रहँदै आएको विगतका इतिहासले पुष्टि गरेको छ ।
युवाको काँधमा ठुलो जिम्मेवारी छ । रूपान्तरणका सबै आयाम, जस्तो कि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र शासकीय आयामलाई गतिशील बनाउन युवा वर्गको सार्थक सकृयता जरुरी छ । युवा नै अल्मलियो भने मुलुक सधैँ अल्मलिइरहने छ ।

त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष बीर्खबहादुर शाहीले युवाको सही उपयोग कसरी गर्ने ? युवालाई निर्माण र विनिर्माणमा कसरी स्वचालित गर्ने ? सिर्जना र सकारात्मकतामा कसरी ल्याउने ? भन्ने चिन्ता र चासो नीति निर्मातामा रहनु पर्दछ । युवाका अपेक्षा र युवा उपयोगबिच सन्तुलन ल्याएर नै युवालाई उनीहरूको भविष्यप्रति आश्वस्त पार्न सक्नु पर्ने भन्दै सामुदायिक बन उपभोक्ता महासंघ को समरचनामा केन्द्र देखि स्थानिय तहसम्म नै ३० बर्ष भन्दा मुनिका युवाहरुको अनिवार्य सहभाता गराउन निमावली नै परीवर्तन भएको जानकारी गराउनुभयो ।


कार्यशालाइ सम्बोधन गर्ने क्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल की महासचिव पार्वता गौतमले युवाको भाग्यको विधाता युवा स्वयम् आफैँ हो ।

त्यसैले आफ्नो भाग्यको निर्माण आफैँ गर्दै युवाका रचनात्मक नवीन सोचमा आधारित सत्य, न्याय र समानता मूलक समाज निर्माणका लागि युवा आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ चुक्नु नहुने धारणा ब्यक्त गर्दै राज्यका हरेक तहमा युवा प्रतिनिधित्व, युवाको नेतृत्व विकास तथा दक्षता अभिवृद्धि, युवालाई राज्यको मूलप्रवाहमा ल्याउने, समग्र क्षेत्रका नीतिहरूलाई युवामैत्री बनाइनु पर्ने कुरामा विशेष जोड दिनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल की कोषाध्यक्ष शान्ता न्यौपानेले अबको समय युवाको भएकाले युवाले पनि कुनै पूर्वाग्रह नराखी आफ्नो चेतनाको सही सदुपयोग गर्दै अघिल्लो पुस्ताको अनुभवबाट सिक्दै उनीहरूसँग सम्मानपूर्वक सहकार्य गर्दै मुलुकमा विधिको शासन, बातवरणिय सन्तुलन,गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र रोजगारी सिर्जना आदि जस्ता नागरिकका आधारभूत आवश्यकताका निम्ति अग्रसर हुनु अत्यावश्यक छ। अनि मात्र हामीले परिकल्पना गरेको समृद्ध, प्रगतिशील र समतामूलक समाज र राष्ट्रको निर्माण हुन सक्ने धारणा ब्यक्त गर्नुभयो ।

कार्यशालामा सहभागिता जनाउने युवाको चाहना भनेको उद्यमशीलता, शिक्षा र रोजगारीको अवसर हो तर अहिले पनि युवा रोजगारीका लागि बिदेसिनुपर्ने अवस्था छ। ठुला आयोजना कार्यान्वयन भएका छैनन् । युवा आफैँले गरी खाने वातावरण बनेको छैन। तरुणहरू परिवर्तनका संवाहक भनिए पनि व्यवहारमा कार्यान्वयन भएको छैन ।

कार्यशालामा सामुदायिक वनमा उद्यमको सम्भावना, कार्ययोजना निर्माण, वन नीति र कानुन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, प्राकृतिक श्रोतमा महिलाको भूमिका, जलवायु परिवर्तन र असर र युवाका चुनौति र समाधानका उपायका विषयमा बृहत छलफल तथा अन्तर्कृया भएको फेकोफनका कार्यक्रम अधिकृत आरति बोहोराले साझादृष्टी अनलाइनलाइ जानकारी दिनुभयो ।

३ दिन सम्म चलेको कार्यशालामा देश भरबाट आएका युवाहरुलाइ फेकोफनका अध्यक्ष ठाकुर भण्डारी,वरिष्ठ उपाध्यक्ष बीर्खबहादुर शाही, महासचिव पार्वता गौतम, कोषाध्यक्ष शान्ता न्यौपाने, कानुनविद दिलराज खनाल, राष्ट्रिय युवा परिषदकी चन्दा कुमारी थापा, फेकोफनका कार्यक्रम अधिकृत तुलसी ओली लगायतले प्रशिक्षण दिनुभएको थियो ।

सामुदायिक वन सामुहिक हितको लागि वनको संरक्षण, सम्वर्द्धन र सदुपयोग गर्ने गरी विधिवत हस्तान्तरण गरीएको वन क्षेत्र हो । यो एक स्वतन्त्र, अविछिन्न उत्तराधिकारीवाला, स्वशासित, गैरसाम्प्रदायिक, गैरराजनीतिक,मुनाफारहित एक सामुदाकि संस्था हो ।


नेपालमा हाल २२,५१९ सामुदायिक वन उपभोक्ता समूहहरुले करिव २३,५९,५७७ राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोग गरिरहेका छन् जसबाट करिब ३०,८८२५९ लाभान्वित भएका छन् ।

कार्यक्रम यहि पुस २ गते बाट सुरु भएर ४ गते कृषि विकास तालिम केन्द्र , भक्तपुरको बेडेमा सम्पन्न भएको थियो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.