भीमेश्वर नगर भित्रका १ सय १४ जना स्वयंसेविकाहरु सम्मानित
जनताको आधारभूत स्वास्थ्य सेवा सन्देश सम्वाहकका रुपमा सामुदायिक स्वास्थ्य स्वयंसेविका निरन्तर लागिरहनुभएको उल्लेख ग
राजन बस्नेत
२१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा आयोजित भीमेश्वर नगरपालिका भित्र कार्यरत १ सय १४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशंसा-पत्र प्रदान गरिएको छ ।
“विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता” भन्ने मुल नाराका साथ २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अबसर पारी उमेरहदका कारण सेवानिवृत्त हुनुभएका १७ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई संघिय सरकार बाट २० हजार र स्थानीय सरकार बाट २० हजार गरि जनही ४० हजार नगद तथा सम्मान- पत्र सहित दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेतले सम्मान गर्नुभयो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले जनताको आधारभूत स्वास्थ्य सेवा सन्देश सम्वाहकका रुपमा सामुदायिक स्वास्थ्य स्वयंसेविका निरन्तर लागिरहनुभएको उल्लेख गर्दै महिला स्वास्थ्य स्वयंसेविकाका काम र कर्तव्य के-के हुन्? भन्ने बारे जान्न र आफ्नो वडाका गर्भवती तथा सुत्केरी समेतको सहभागितामा ‘आमा समूह’ गठन गर्ने, आमासमूहको विस्तार गर्दै जाने, कम्तीमा हरेक महिनाको एकपटक विभिन्न स्वास्थ्य समस्यामा बैठक बसाल्ने। यस्तै वडाका बासिन्दाका आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण र पोषणलगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवद्र्धन गर्ने। यसैगरी स्वास्थ्य सेवाग्राहीलाई साधन वितरण, प्राथमिक उपचार तथा प्रेषण गर्ने र स्वास्थ्य सन्देश फैलाउनुकासाथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउनु सेविकाका काम र कर्तव्य भएको हुदा सोहि अनुसार लाग्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

भीमेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिशकसेन ढकालको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमलाई नगरपालिका उपप्रमुख कमला बस्नेत,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाइ, भीमेश्वर नगरपालिका महिला शाखा प्रमुख सुर्जा दहाल, भीमेश्वर नगरका स्वास्थ्य विभाग प्रमुख श्याम खड्का,महिला नेत्री किरण ओली ,महिला स्वास्थ स्वयंसेविका रूकु थामी लगायतले सम्बोधन गर्नुभएको थियो ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
