कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न कर तिर्नुपर्ने

राजन बस्नेत

राजन बस्नेत

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक पुग्ने पर्यटकहरुले अब कर तिर्नुपर्ने भएको छ ।

कालिञ्चोक गाउँपालिकाले भ्रमण गर्न तथा मन्दिर दर्शन गर्न आउने पर्यटकहरुबाट कर उठाउने निर्णय गरेको हो ।
गाउँपालिकाले गरेको निर्णय अनुसार अब कालिञ्चोक मन्दिर दर्शन गर्न आउने पर्यटकले प्रतिव्यक्ति ३० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै बसलाई ५० रुपैयाँ, जिप कारलाई ३० , मोटरसाइकललाई ३० रुपैयाँ कर तोकिएको छ । कालिञ्चोक केवलकारको टिकटमा कर बाहेकको रकममा टिकट मूल्यको २ प्रतिशत दस्तुर लगाउने निर्णय पनि गाउँपालिकाले गरेको छ ।


गाउँपालिकाले कर लगाउने निर्णय गरेसँगै कालिञ्चोक भ्रमणमा आउने पर्यटक थप मारमा पर्ने भएका छन् । पर्यटक तथा दर्शनार्थीहरुले कालिञ्चोक मन्दिरमा चढाउने दान, दक्षिणा पनि प्रमुख जिल्ला अधिकारी नेतृत्वको गुठीमार्फत ठेक्का लगाएर उठाउने गरिएको छ । अहिलेसम्म कालिञ्चोक क्षेत्र आउने पर्यटकलाई शुल्क लाग्दैनथ्यो ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.