दोलखा बिकास बागमति प्रदेश सरकारको प्राथमिकतामा : मुख्य मन्त्री लामा

राजन बस्नेत

राजन बस्नेत

बाग्मती प्रदेश सरकार प्रदेश भित्रका नागरिकलाई सहज रुपमा सेवा दिन तल्लिन रहेको बताउँदै मुख्य मन्त्री लामाले दोलखाको विकास प्राथमिकतासाथ अगाडि बढाइने बताउनुभयो ।

दोलखा सदरमुकाम चरिकोटमा मुख्य न्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको न्यायिक समिति तथा जनप्रतिनिधिहरूसँग अन्तर्संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले दोलखामा विकासका निर्माणका लागि बाग्मती प्रदेश सरकारले प्राथमिकता का साथ अघि बढेको बताउनुभयो ।

मन्त्री लामाले “दोलखामा पर्यटकीय सम्भावनाहरू थुप्रै भएका कारण पर्यटन प्रवर्द्धन गर्न बाग्मती प्रदेश सरकार प्रतिबद्द रहेको धारणा ब्यक्त गर्नुभयो ।
संविधानमा लेखेका अधिकारहरू जनताले सहजै रुपमा पाउने वातावरण जनप्रतिनिधिहरूले मिलाउनु पर्नेमा मुख्यमन्त्री लामाले विशेष जोड दिनुभयो ।

न्यायिक समितिको काम न्याय दिने भएकाले न्याय दिने कार्यमा आनाकानी नगर्न समेत निर्देशन दिदै मुख्य मन्त्री लामाले
मेलमिलाप प्रक्रिया बाट बिवादहरुको सामधान गर्न सके समस्याको दीर्घकालिन हल हुने जिकिर गर्नु भयो ।

बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले न्यायिक सम्पादन निष्पक्ष हुनुपर्ने भन्दै निष्पक्ष रूपमा जनताले न्याय नपाउने हो भने जनतालाई स्थानिय सरकार भएको आभास नहुने मन्त्री काफ्लेले ठोकुवा गर्नुभयो ।

दोलखामा जिरी अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री काफ्लेले जिल्लाबाट गुमेका प्रादेशिक कार्यालयहरू पुनर्स्थापना गर्ने काम भैइरहेको जिकिर गर्नुभयो ।
स्थानीय र प्रदेश सरकार मिलेर मात्र विकास सम्भव रहेको बताउँदै मन्त्री काफ्लेले तिनै तहका सरकार मिल्नुको विकल्प नरहेको धारणा ब्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले प्रदेश सरकारले दोलखाको बिकासलाइ महत्वका साथ अगाडी बढाउनुपर्ने धारणा राख्दै दोलखामा निर्माणाधीन रहेका योजना समयमै निर्माण कार्य सम्पन्न गर्नको लागि आवाश्यक बजेट बिनियोजनको ब्यबस्था मिलाउन बागमति प्रदेश सरकारलाइ अनुरोध गर्नुभयो । सभापति लामाले काङ्ग्रेस जनताको सुख र दुखको सारथी भएको हुदा
न्यायिक क्षेत्रमा जनप्रतिनिधिले गरेका कार्यहरुको मुल्याङ्कन र अनुगमत सहितको पृष्टपोषण हुनुपर्नेमा जोड दिनुभयो ।

बाग्मती प्रदेशका न्याधिवत्ता शुकदेव काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा दोलखाका स्थानीय तहका प्रमुख उपप्रमुख एवम् न्यायिक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.