भीमेश्वर ९ मा आइचर गाडि दुर्घटना : १ जनाको मृत्यु

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

भीमेश्वर ९ मा आइचर गाडि दुर्घटना : १ जनाको मृत्यु

दोलखाको भिमेश्वर नगरपालिकामा आइचर गाडि दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
हिजो बेलुका सिन्धुपाल्चोकबाट भिमेश्वर ९ चित्रेमा कुखुराको मल लिएर आउदै गरेको बा.५ ख ५७३ नम्बको आइचर गाडी सोही वडाको पैरे चौउरमा दुर्घटना हुदाँ सह-चालक बिजय तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गाडी आफै अनियन्त्रीत भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुदाँ चालक र सह- चालक दुबै जना बेहोस भएका थिए।

उनिहरुलाई उपचारका लागि च्छो-रोल्पा अस्पताल चरिकोटमा ल्याउने क्रममा सहचालक तमाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर सत्रुधन महतोले जानकारी दिए।

उनका अनुसार हाल तामाङको शव पोष्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा पठाइएको छ। सामान्य घाइते भएका ३१ वर्षिय शंकर तामाङलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
15 घण्टा अगाडि साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.