ऎतिहसिक दस्तावेज बन्यो कालिन्चोकको डाँफे मुनाल
साझा दृष्टि संवाददाता
आश्विन १७ ,दोलखा । राष्ट्रिय सभाका उपाध्यक्ष माननीय विमला घिमिरेद्वारा दोलखाको परिवेश समेटेर तयार गरिएको म्युजिक भिडियो कालिन्चोका डाँफे मुनालको विमोचन भएको छ ।
राजधानीको बागबजारस्थित होटल हार्दिकमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकार्पण गरिएको गीतमा सुमधुर स्वरद्वारा मन जित्न सफल गलामाधुरी गायिका अस्मिता अधिकारी र सङ्गीतज्ञ तथा स्वरमाधुर्यसेभित गायकनरहरी प्रेमीको रहेको छ भने शब्द सिर्जना युवा साहित्यकार सुन्दर खड्काले गर्नुभएको छ । माननीय घिमिरेले देशको गीत गाउँदा देशभक्तिको भावना जाग्ने र युवालाई समेत स्वदेशलाई कर्मभूमि बनाउन प्रेरणा दिनुपर्ने बताउनुभयो ।

प्रतिकुल मौसममा समेतदोलखा तथा राजभानावासी दर्शक तथा सहभागीले भरिएको सभाकक्षमा सम्पन्न कार्यक्रममा म्युजिक भिडियोका नायक सञ्जीव ठकुरी र नायिका बबिता गुरुङ समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागिरक उड्डयन मन्त्रालयका पूर्व मन्त्री अनन्द प्रसाद पोखरेलले दोलखालाई पर्यटनसँग जोडेर मात्र समृद्धि ल्याउन संभावना रहेको र यो गीतले सो कार्यलाई थप मद्दत गर्ने बताउनु भएको थियो । दोलखाको जिरी मैनापोखरी भोर्ले शैलुङ कालिन्चोक सुनखानी सुन्द्रावती डाङडुङ्गे डाँडा खरिढुङ्गा लगायतका स्थानमा छायाँङ्कन गरिएको भिडियोले दोलखाको सौन्दर्य बढाउनेमा विश्वस्त रहेको कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले बताउनुभयो ।

लोकार्पण कार्यक्रममा राप्रपाका सहमहामन्त्री विजय खड्का,नेकपा एमाले दोलखाका उपसचिव हरि ओली, रास्वपाका जिल्ला कमिटी दोलखका सचिव रमेश श्रेष्ठ, जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत रोन श्रेष्ठ, सङ्गीतकार तथा गायक नरहरि प्रेमी तथा रचनाकार सुन्दर खड्काले गीतले दिन खोजेको सन्देशको बारेमा बताउनुभएको थियो । राजधानीबाट विमोचन गरिएको म्युजिक भिडियोको लिङ्कलाई कार्यक्रमका प्रमुख अतिथि माननीय विमला घिमिरेले क्लिक गरी लोकार्पण गरिएको गीतलाई दर्शक तथा स्रोताहरुले https://youtu.be/pt_Iw0riHMk मार्फत युट्युब च्यानलबाट हेर्न सकिनेगरी राखिएको छ ।
सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, दोलखाका इकाई प्रमुख शङ्करबाबु श्रेष्ठ, कालिन्चोक माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसुवास श्रेष्ठ, त्रिभुवन मावि मेलुङका प्रधानाध्यापक सन्तोष श्रेष्ठ, सिप्रदी ट्रेडिङ दोलखाका प्रमुख रुपेश जङ्ग कार्की, सामाजिक अभियान्ता गणेश शिवाकोटी , इडो एकेडेमीका प्रोप्राइटर प्रकाश चन्द्र शाहीलगायतको उपस्थिति रहेको थियो ।
दोलखाको कालापानीमा इभी माइक्रो दुर्घटना १ को मृत्यु १४ जना घाइते
19 घण्टा अगाडि राजन बस्नेतदोलखाको शैलुङको कालापानीमा इभि माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन ।...
प्रहरीको प्रारम्भिक अनुसन्धान भन्छ– जेन-जी आन्दोलन भड्काउने मुख्य भूमिका टिओबीको
साझा दृष्टि संवाददातारेडियो सेटसहित आन्दोलनमा सहभागी भएको थियो टिओबी समूह गत २३ र २४ भदौको जेन–जी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड...
यसरी सम्भव भयो दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित
राजन बस्नेतनेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ। युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले...
दुर्गा प्रसाईँको दाबी- जेन जी आन्दोलनपछि सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ
साझा दृष्टि संवाददाताविराटनगर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको...
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराउने हाम्रो कार्यक्षेत्रमा पर्दैन: प्रधानमन्त्री कार्की
साझा दृष्टि संवाददाताप्रधानमन्त्री सुशीला कार्कीले नेपालको मौजुदा शासकीय स्वरूप (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री/ राष्ट्रपति सहितको व्यवस्था) को पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर...
बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा
साझा दृष्टि संवाददातानेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष...
