परोपकार महिला साकोसको बाह्रौं साधारण सभा सम्पन्न: १८ लाख बढी नाफामा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा २९ असोज । दोलखाको भीमेश्वर नगरपालिका-६ मा रहेको परोपकार महिला साकोशले गत बर्ष १८ लाख बढी नाफा कमाएको छ।

आईतबार सम्पन्न सहकारीको बाह्रौं साधारणसभामा प्रस्तुत गत आवको आर्थिक प्रतिवेदनमा १८ लाख ५ सय ६७ रुपैयाँ मुनाफा आर्जन भएको उल्लेख छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सहकारीको मुनाफा घटेको हो ‌। अघिल्लो वर्ष ३१ लाख ७१ हजार बढी मुनाफा कमाउन सफल भएको थियो।
सहकारीले नाफा मात्र नभई सदस्यहरूको उत्थान, जीविकोपार्जन र सशक्तिकरणमा बढी जोड दिएको जनाएको छ। प्रतिवेदन अनुसार दुई हजार ७२ जना सदस्य रहेको सहकारीको कुल पूँजी १४ करोड ९१ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

सहकारीमा दश करोड ६१ लाख ७५ हजार बचत रहेको छ भने, १२ करोड ४५ लाख ९१ हजार रुपैयाँ ऋण लगानी गरेको कोषाध्यक्ष भवानी खड्काले बताइन् ।
सहकारीले निक्षेप संकलन, कर्जा प्रवाहसँगै सदस्यको आर्थिक स्तरोन्नति र सामाजिक कार्य गर्दै आएको उल्लेख गरिन् । उनले आर्थिक मन्दीले गर्दा ऋण लगानी र असुली सन्तोषजनक नभएको बताइन् । संस्थाका अध्यक्ष सर्मिला सापकोटाले आफुसँगै अन्य महिलाहरुले नेतृत्व गरेको यो सहकारीलाई अब्बल व्यवस्थित र नमुना योग्य वनाउन निरन्तर सक्रिय रहेको बताइन् ‌। उनले आर्थिक शसक्तिकरण बिना महिला सबल हुन नसक्ने उल्लेख गर्दै सहकारीले महिलालाई आयआर्जन र आत्मनिर्भरताको बाटोमा दोहोर्याउने काम गरिरहेको बताइन् ‌ ।

सभामा वक्ताहरुले सहकारी एकीकरण, नीति, विधि र प्रविधिको उच्चतम उपयोग, उत्पादनमुखी ऋण लगानी, सामाजिक कार्य, सदस्यको आर्थिक विकासमा सहकारी लाग्नुपर्ने जोड दिएका थिए।

युवा सकारात्मक परिवर्तनका संवाहक हुन
2 घण्टा अगाडि साझा दृष्टि संवाददाता

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
3 घण्टा अगाडि राजन बस्नेत

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...

नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...

नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेत

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...

अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेत

काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...

९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...

.