सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा २९ असोज । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ७ मा विधुर पुरुष सहायता र जेष्ठ नागरिक सामाजिक सुरक्षा कार्यक्रम एक समारोहको आयोजना गरी सम्पन्न भएको हो ।

भीमेस्वर ७ का ४० वर्ष माथिका विधुर पुरुषलाई जनही रु.५ हजार र ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई जनही रु. १ हजारको दरले कार्यक्रमका प्रमुख अतिथि नि बर्तमान वडा अध्यक्ष कैलास कुमार श्रेष्ठ र विशेष अतिथी वडा अध्यक्ष बिनोद तमाङले सम्युत्त रुपमा हस्तान्त्रण गर्नुभयो ।

प्रमुख अतिथि श्रेष्ठले ७५ वर्ष माथिका जेष्ठ नागरिकको सम्मान स्वरूप विगतका आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिइ चालू आर्थिक वर्षमा वडागत बजेटबाट रकम छुट्टयाइएकोमा वर्तमान वडा समितिका अध्यक्ष बिनोद तामाङ नेतृत्वको जननिर्वाचित सदस्यहरुलाइ समेत बिशेष धन्यवाद आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै विशेष अतिथि भीमेस्वर नगरपालिका वडा न:६ का वडा अध्यक्ष नविन कुमार लामाले समयको चक्र सँगसँगै सबै मानिसहरू वृद्ध हुने भएकाले भावी पुस्तालाई सिकाउन, हामीले पनि भावी पुस्ताबाट यस्तै सामाजिक कार्यको अपेक्षा राख्न र भविष्यमा पनि यसको प्रभाव परिरहने हुनाले यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइरहनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।


अध्यक्ष बिनोद लामाले धेरै बेसाहाराहरुको साहरा, असाहायहरुको बैशाखी, गरिब विपन्न जन जेस्ट नागरीक र विदुर हरूको सारथी, धेरै पीडित,उत्पीडित जनमनहरुको सहयोगी, बनि ब्यक्तिगत स्वार्थ स्वार्थ भन्दा माथी उठेर समाजको सर्बोपरी हितका निम्ति निरन्तर लागिरहने प्रतिबद्दता ब्यक्त्त गर्नुहुदै ,नेपालीहरको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा जेष्ठजनबाट आशिर्वाद प्राप्त गर्न, उहाहरुको मनोबल उचो राख्न सम्मान स्वरुप वडागत बजेटबाट यस कार्यक्रमको आयोजना गरीएको प्रस्ट पार्नुभयो ।
कार्यक्रमबाट ३० जना विधुर पुरुष र २३५ जना जेष्ठ नागरिक लाभान्वित हुने उद्देश्य राखिएको वडा सचिव ऋषि प्रसाद दाहालले साझा दृस्टी अनलाइन पत्रीकालाइ जानकारी दिनुभयो ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
15 घण्टा अगाडि साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.