पालिका अध्यक्ष शिवाकोटीले प्रस्ताव गरेको गाउँपालिका केन्द्र दुइ तिहाइ मतले पारीत

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा २२ साउन । दोलखाको कालिञ्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा रहनेगरी अध्यक्ष अर्जुन प्रसाद सिवाकोटीले राख्नुभएको प्रस्ताव दुइ तिहाइ मतले पारीत भयको छ ।

सभामा अध्यक्ष शिवाकोटीले गाउँपालिकाको केन्द्र कुभिन्डेमा राख्ने प्रस्ताव सभाको दुई तिहाईले पारित गरेको घोषणा गर्नुभएको हो ।

गाउँपालिकाको सोमवार बसेको १२ औं गाउँसभाले वडा नम्बर ४ अन्तर्गत पर्ने दोलखा–सिंगटी सडकसँग जोडिएको कुभिण्डेमा राख्ने निर्णय दुइतिहाइ मतले पारित गरेको उपाध्यक्ष कुल बहादुर बुढाथोकीले जानकारी दिनुभएको ।

पालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले गाउँसभामा निर्णयार्थ पेश गरेको प्रस्तावको पक्षमा अध्यक्षसहित ३२ र विपक्षमा ९ जनाले मतदान गरेको उपाध्यक्ष बुढाथोकीले साझा दृष्टि अनलाइनलाई जानकारी दिनुभयो ।

कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्रबारे विगत लामो समयदेखि बिवाद हुँदै आएको थियो । अघिल्लो कार्यकालमा वडा नम्बर ५ स्थित बन्देथलीमा केन्द्र लैजाने भन्दै सर्बसाधरणको नीजि जग्गा गाउँपालिकाको स्वामित्वमा समेत ल्याईएको कालिन्चोक गाउँपालिका ६ वडा अध्यक्ष भरत पाण्डेले बताउनुभयो ।


गाउँपालिकाको कामकाज हाल सुनखानी स्थित अस्थायी कार्यालयबाट संचालन हुँदै आएको छ ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.