पालिका अध्यक्ष शिवाकोटीले प्रस्ताव गरेको गाउँपालिका केन्द्र दुइ तिहाइ मतले पारीत

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा २२ साउन । दोलखाको कालिञ्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा रहनेगरी अध्यक्ष अर्जुन प्रसाद सिवाकोटीले राख्नुभएको प्रस्ताव दुइ तिहाइ मतले पारीत भयको छ ।

सभामा अध्यक्ष शिवाकोटीले गाउँपालिकाको केन्द्र कुभिन्डेमा राख्ने प्रस्ताव सभाको दुई तिहाईले पारित गरेको घोषणा गर्नुभएको हो ।

गाउँपालिकाको सोमवार बसेको १२ औं गाउँसभाले वडा नम्बर ४ अन्तर्गत पर्ने दोलखा–सिंगटी सडकसँग जोडिएको कुभिण्डेमा राख्ने निर्णय दुइतिहाइ मतले पारित गरेको उपाध्यक्ष कुल बहादुर बुढाथोकीले जानकारी दिनुभएको ।

पालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले गाउँसभामा निर्णयार्थ पेश गरेको प्रस्तावको पक्षमा अध्यक्षसहित ३२ र विपक्षमा ९ जनाले मतदान गरेको उपाध्यक्ष बुढाथोकीले साझा दृष्टि अनलाइनलाई जानकारी दिनुभयो ।

कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्रबारे विगत लामो समयदेखि बिवाद हुँदै आएको थियो । अघिल्लो कार्यकालमा वडा नम्बर ५ स्थित बन्देथलीमा केन्द्र लैजाने भन्दै सर्बसाधरणको नीजि जग्गा गाउँपालिकाको स्वामित्वमा समेत ल्याईएको कालिन्चोक गाउँपालिका ६ वडा अध्यक्ष भरत पाण्डेले बताउनुभयो ।


गाउँपालिकाको कामकाज हाल सुनखानी स्थित अस्थायी कार्यालयबाट संचालन हुँदै आएको छ ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.