गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधनमा गौरीशंकर गाउँपालिकाले भोलि शोक बिदा दिने


राजकुमार भुजेल(निर)
दोलखा १ साउन । दोलखाको गौरीशंकर गाउँपालिकाकाले भोलि साउन २ गते मङ्गलबार शोक बिदा दिने भएको छ । आइतबार गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हृदयघातका कारण असमाहिक निधन भएपछि उहाँको सम्मानमा एक दिन गाउँपालिकाले शोक बिदा दिने भएको हो । गत बिहीबार पेट दुख्ने र पखला लाग्ने समस्या भएपछि उनलाई भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मुटुमा समस्या देखिएपछि अस्पतालले तामाङलाई शनिबार गंगालालमा रिफर गरेको थियो । उनको उपचारका क्रममा हृदयघातका कारण निधन भएको चिकित्सकले जनाएका हो । उपाध्यक्ष तमाङको आइतबार उपचारका क्रममा निधन भएपछि गाउँपालिका अध्यक्ष विश्वास कार्कीले सोमबार शोक वक्तव्य जारी गर्दै मङ्गलबार शोक विदा दिइएको घोषणा गर्नुभएको छ । मृतक उपाध्यक्ष तामाङको आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । तामाङ २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए । उहाँको निधनले गौरीशंकर गाउँपालिकाले एक कुशल नेतृत्व र अभिभावक गुमाएको शोक वक्तव्य मा उल्लेख गरिएको छ। त्यस्तै विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले उपाध्यक्ष तामाङको निधन प्रति दुख व्यक्त गरेका छन्।
यस्तो छ : पालिकाको शोक वक्तव्य
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...