गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधनमा गौरीशंकर गाउँपालिकाले भोलि शोक बिदा दिने

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजकुमार भुजेल(निर)
दोलखा १ साउन । दोलखाको गौरीशंकर गाउँपालिकाकाले भोलि साउन २ गते मङ्गलबार शोक बिदा दिने भएको छ । आइतबार गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हृदयघातका कारण असमाहिक निधन भएपछि उहाँको सम्मानमा एक दिन गाउँपालिकाले शोक बिदा दिने भएको हो । गत बिहीबार पेट दुख्ने र पखला लाग्ने समस्या भएपछि उनलाई भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मुटुमा समस्या देखिएपछि अस्पतालले तामाङलाई शनिबार गंगालालमा रिफर गरेको थियो । उनको उपचारका क्रममा हृदयघातका कारण निधन भएको चिकित्सकले जनाएका हो । उपाध्यक्ष तमाङको आइतबार उपचारका क्रममा निधन भएपछि गाउँपालिका अध्यक्ष विश्वास कार्कीले सोमबार शोक वक्तव्य जारी गर्दै मङ्गलबार शोक विदा दिइएको घोषणा गर्नुभएको छ । मृतक उपाध्यक्ष तामाङको आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । तामाङ २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए । उहाँको निधनले गौरीशंकर गाउँपालिकाले एक कुशल नेतृत्व र अभिभावक गुमाएको शोक वक्तव्य मा उल्लेख गरिएको छ। त्यस्तै विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले उपाध्यक्ष तामाङको निधन प्रति दुख व्यक्त गरेका छन्।
यस्तो छ : पालिकाको शोक वक्तव्य

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.