स्व. गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पश्चात्ताप भएको छ :प्रधानमन्त्री प्रचण्ड
साझा दृष्टि संवाददाता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको बताएका छन् । सोमबार स्व. कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।
‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो’, प्रचण्डको भनाइ छ । प्रचण्डले कोइरालामा राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको पनि बताए ।
उनले पहिलो पटक भेटदेखि अन्तिम भेट हुँदासम्म कुनै द्विधा, अविश्वास, आशङ्का या आशङ्का नदेखेको भन्दै बरु आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताए । ‘बरु मैले गल्ती गरेँ, उहाँले विल्कुल गल्ती गर्नुभएन’, प्रचण्डले शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै प्रचण्डले भने, ‘मैले बरु उहाँसँग लिएका प्रतिबद्धता सबै जस्ताको तस्तै मैले पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’ उनले कोइरालाको चाहानाविपरीत कतिपय निर्णय गर्दा पनि विश्वास गर्न नछोडेको भन्दै गणतन्त्र कोइराला नभएको भए आउन नसक्ने पनि बताए ।
‘गिरिजाप्रसाद कोइरालाको परिपक्व राजनीति, सुझबुझ, या दुर्दृष्टि । र, अस्पतालमा जतिवेला उहाँ मृत्युसँग जुधिराख्नुभएको थियो मलाई एक्लै बोलाएर सम्हाल्नुस् देश भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति अगाध आस्था र विश्वास भइराख्यो, भइराख्छ’, प्रचण्डले भने, ‘शान्तिको रक्षा गर्ने कुरा, संविधानको रक्षा गर्ने कुरा र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो ।’
उनले गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै हिजोकै केन्द्रीकृत राजतन्त्र ठिक हो कि भनेर प्रश्न उठाउने जमर्को भइरहेको बताए । ‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँ जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ । हामीले व्यवस्था बदल्न साहस गर्यौ, जनताको अवस्था बदल्न सकेनौ त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ’, प्रचण्डले जनताको अवस्था बदल्न शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका विषयमा सोही दृष्टिका आधारमा काम गर्नुपर्ने बताए ।
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
साझा दृष्टि संवाददातासर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको हो ।२२ मंसिर, काठमाडौं ।...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
बालेनलाई पितृ शोक
साझा दृष्टि संवाददाताकाठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ। पारिवारिक स्रोतकाअनुसार उनका बुबा रामनारायण शाहको सोमबार...
दोलखा कांग्रेसले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने
राजन बस्नेतनेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको सभापतित्वमा बसेको कार्य सम्पादन समिति बैठकले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका...
