काङ्ग्रेस महामन्त्री थापालाई दोलखाका कांग्रेस नेताको प्रश्न- तपाईं र शेरबहादुरमा फरक कसरी देख्ने?

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

काठमाडौं १७ असार । नेपाली कांग्रेस दोलखाका पूर्व सभापति ताराबहादुर कोइरालाले नारा र भाषणले मात्रै सुधार नहुने बताउँदै कार्यशैलीमा परिवर्तन ल्याउन महामन्त्री गगन थापालाई आग्रह गरेका छन्।

शनिबार नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको बोल्दै कोइरालाले शेरबहादुर देउवा र गगन थापामा कार्यशैलीमा फरक हुनुपर्ने जिकिर गरेका हुन्। सम्मेलनमा महामन्त्री थापा प्रमुख अतिथि रहेका थिए।

सम्मेलनमा बोल्दै कोइरालाले भने, “गगनजीको पुस्ताले रुपान्तरणको नारा दिनुहुन्छ, हामी विश्वास गरेर पछाडि लाग्छौं। तर, नारा र भाषणले मात्रै पार्टी भित्रको सुधार पनि हुँदैन, शेरबहादुर प्रवृतिको अन्त्य पनि हुँदैन, मुलुक रक्षा पनि हुँदैन।”

अहिले देउवा र थापामा खासै फरक नदेखिएको उनको भनाइ थियो। “श्रीमान गगन थापाज्यू, तपाईँ र शेरबहादुर फरक कसरी देख्ने? तपाईलाई महाधिवेशनमा आफ्नो नजिकका मान्छे केन्द्रीय सदस्य चाहिने, तपाईका आफ्ना भरौटेहरूलाई टिकट चाहिने, शेरबहादुरलाई पनि त्यही चाहिने,” कोइरालाले प्रश्न गरे, “अनि शेरबहादुर र गगनमा हामीले फरक कसरी देख्ने?”

त्यसका लागि व्यवहारमै परिवर्तन ल्याउने पर्ने उनको सुझाव थियो। “शेरबहादुरले गुटबन्दी ग¥यो, भ्रष्टाचार गरेर पैसाको आधारमा राजनीति ग¥यो भन्ने,” कोइरालाले थपे, “तपाईले ‘म गुटबन्दी गर्दिन, भ्रष्टाचार गर्दिन, डनहरूसँग सम्पर्क राख्दिन, तस्कर र माफियाहरूसँग सम्पर्क राख्दैनौं’ भनेर वचनबद्ध हुनै पर्छ।”

यति हुँदाहुँदै पनि कांग्रेस रुपान्तरणका लागि महामन्त्री थापाको पुस्ताले अगाडि आउनुपर्ने उनको भनाइ थियो। “यति हुँदाहुँदै पनि नेपाली कांग्रेसको भविष्य, मुलुकको भविष्य भन्या तपाईहरू हो। तपाईहरू आँट गर्नुहोस्,” कोइरालाले भने, “रुपान्तरण अनुहारले हुँदैन, खस्रो अनुहारको ठाउँमा चिल्लो अनुहार आउनु मात्रै रुपान्तरण होइन। रुपान्तरण त विचारमा हुनुपर्छ, कार्यशैलीमा हुनुपर्छ, प्रवृतिमा हुनुपर्छ।”

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.