काङ्ग्रेस महामन्त्री थापालाई दोलखाका कांग्रेस नेताको प्रश्न- तपाईं र शेरबहादुरमा फरक कसरी देख्ने?


काठमाडौं १७ असार । नेपाली कांग्रेस दोलखाका पूर्व सभापति ताराबहादुर कोइरालाले नारा र भाषणले मात्रै सुधार नहुने बताउँदै कार्यशैलीमा परिवर्तन ल्याउन महामन्त्री गगन थापालाई आग्रह गरेका छन्।
शनिबार नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको बोल्दै कोइरालाले शेरबहादुर देउवा र गगन थापामा कार्यशैलीमा फरक हुनुपर्ने जिकिर गरेका हुन्। सम्मेलनमा महामन्त्री थापा प्रमुख अतिथि रहेका थिए।
सम्मेलनमा बोल्दै कोइरालाले भने, “गगनजीको पुस्ताले रुपान्तरणको नारा दिनुहुन्छ, हामी विश्वास गरेर पछाडि लाग्छौं। तर, नारा र भाषणले मात्रै पार्टी भित्रको सुधार पनि हुँदैन, शेरबहादुर प्रवृतिको अन्त्य पनि हुँदैन, मुलुक रक्षा पनि हुँदैन।”
अहिले देउवा र थापामा खासै फरक नदेखिएको उनको भनाइ थियो। “श्रीमान गगन थापाज्यू, तपाईँ र शेरबहादुर फरक कसरी देख्ने? तपाईलाई महाधिवेशनमा आफ्नो नजिकका मान्छे केन्द्रीय सदस्य चाहिने, तपाईका आफ्ना भरौटेहरूलाई टिकट चाहिने, शेरबहादुरलाई पनि त्यही चाहिने,” कोइरालाले प्रश्न गरे, “अनि शेरबहादुर र गगनमा हामीले फरक कसरी देख्ने?”
त्यसका लागि व्यवहारमै परिवर्तन ल्याउने पर्ने उनको सुझाव थियो। “शेरबहादुरले गुटबन्दी ग¥यो, भ्रष्टाचार गरेर पैसाको आधारमा राजनीति ग¥यो भन्ने,” कोइरालाले थपे, “तपाईले ‘म गुटबन्दी गर्दिन, भ्रष्टाचार गर्दिन, डनहरूसँग सम्पर्क राख्दिन, तस्कर र माफियाहरूसँग सम्पर्क राख्दैनौं’ भनेर वचनबद्ध हुनै पर्छ।”
यति हुँदाहुँदै पनि कांग्रेस रुपान्तरणका लागि महामन्त्री थापाको पुस्ताले अगाडि आउनुपर्ने उनको भनाइ थियो। “यति हुँदाहुँदै पनि नेपाली कांग्रेसको भविष्य, मुलुकको भविष्य भन्या तपाईहरू हो। तपाईहरू आँट गर्नुहोस्,” कोइरालाले भने, “रुपान्तरण अनुहारले हुँदैन, खस्रो अनुहारको ठाउँमा चिल्लो अनुहार आउनु मात्रै रुपान्तरण होइन। रुपान्तरण त विचारमा हुनुपर्छ, कार्यशैलीमा हुनुपर्छ, प्रवृतिमा हुनुपर्छ।”
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...