भीमेश्वरको बजेट ८१ करोड १२ लाख ९० हजार

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

 

ईश्वर बिश्वकर्मा

दोलखा १० असार । दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८१ करोड बढी बजेट विनियोजन गरेको छ ‌। आइतबार तेस्रो नगरसभामा उपप्रमुख कमला बस्नेतले आव २०८०/८१ का लागि ८१ करोड १२ लाख ९० हजार बजेट व्यक्तव्य प्रस्तुत गर्नु भएको हो ।
कुल बजेटको करिब ६० प्रतिशत (५९.९९) अर्थात ४८ करोड ६७ लाख ४० हजार, पूँजिगत तर्फ ३९ दशमलब ७० अर्थात् ३२ करोड २० लाख ५० हजार अर्थात र वित्त ब्यवस्थापन तर्फ शुन्य दशमलब ३१ प्रतिशत अर्थात २५ लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ। बजेटमध्ये आर्थिक विकास तर्फ ४ कराेड ६८ लाख (५.७९%), सामाजिक बिकास तर्फ ४९ कराेड ४३ लाख (४८.०८%), भाैतिक पुर्वाधार तर्फ २५ कराेड २७ लाख ५४ हजार (३१.१५%) बजेट विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताउनुभयो।


उहाँका अनुसार सुशासन तर्फ १ कराेड ७७ लाख ५० हजार (२.१८%) र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ १० कराेड ३९ लाख ४३ हजार (१२.८१%) रकम बिनियाेजन गरिएकाे छ । समृद्ध भीमेश्वर, पौरखी भीमेश्वरवासीको नारालाई सफल पार्ने उद्देश्यले बजेट विनियोजन गरिएको नगर उपप्रमुख बस्नेतले बताउनुभयो।‌ उहाँले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्त हुने क्षेत्रमा सदुपयोग गर्ने गरी निर्माण गरिएको बजेट जनमुखी रहेको उल्लेख गर्नुभयो । संघ, प्रदेशबाट प्राप्त अनुदान र आन्तरिक स्रोतलाई समेत दृष्टिगत गरी सार्वजनिक गरिएको बजेटमा शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन लगायत भौतिक पूर्वाधारलाई विषेश प्राथमिकता दिईएको छ । बजेटलाई सहभागितामूलक बनाउन सरोकारवालासँग छलफल गरिएको र कानुनी व्यवस्थालाई दृष्टिगत गरी विभिन्न चरणहरू पूरा गरी बजेट परिपक्व र आकर्षक निर्माण गरिएको उपप्रमुख बस्नेतको जिकिर छ।नगरपालिकाको बजेटमा ठूलो स्रोत संघ तथा प्रदेशबाट उपलब्ध हुने अनुदान नै हो ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.