भीमेश्वरको बजेट ८१ करोड १२ लाख ९० हजार

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

 

ईश्वर बिश्वकर्मा

दोलखा १० असार । दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८१ करोड बढी बजेट विनियोजन गरेको छ ‌। आइतबार तेस्रो नगरसभामा उपप्रमुख कमला बस्नेतले आव २०८०/८१ का लागि ८१ करोड १२ लाख ९० हजार बजेट व्यक्तव्य प्रस्तुत गर्नु भएको हो ।
कुल बजेटको करिब ६० प्रतिशत (५९.९९) अर्थात ४८ करोड ६७ लाख ४० हजार, पूँजिगत तर्फ ३९ दशमलब ७० अर्थात् ३२ करोड २० लाख ५० हजार अर्थात र वित्त ब्यवस्थापन तर्फ शुन्य दशमलब ३१ प्रतिशत अर्थात २५ लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ। बजेटमध्ये आर्थिक विकास तर्फ ४ कराेड ६८ लाख (५.७९%), सामाजिक बिकास तर्फ ४९ कराेड ४३ लाख (४८.०८%), भाैतिक पुर्वाधार तर्फ २५ कराेड २७ लाख ५४ हजार (३१.१५%) बजेट विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताउनुभयो।


उहाँका अनुसार सुशासन तर्फ १ कराेड ७७ लाख ५० हजार (२.१८%) र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ १० कराेड ३९ लाख ४३ हजार (१२.८१%) रकम बिनियाेजन गरिएकाे छ । समृद्ध भीमेश्वर, पौरखी भीमेश्वरवासीको नारालाई सफल पार्ने उद्देश्यले बजेट विनियोजन गरिएको नगर उपप्रमुख बस्नेतले बताउनुभयो।‌ उहाँले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्त हुने क्षेत्रमा सदुपयोग गर्ने गरी निर्माण गरिएको बजेट जनमुखी रहेको उल्लेख गर्नुभयो । संघ, प्रदेशबाट प्राप्त अनुदान र आन्तरिक स्रोतलाई समेत दृष्टिगत गरी सार्वजनिक गरिएको बजेटमा शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन लगायत भौतिक पूर्वाधारलाई विषेश प्राथमिकता दिईएको छ । बजेटलाई सहभागितामूलक बनाउन सरोकारवालासँग छलफल गरिएको र कानुनी व्यवस्थालाई दृष्टिगत गरी विभिन्न चरणहरू पूरा गरी बजेट परिपक्व र आकर्षक निर्माण गरिएको उपप्रमुख बस्नेतको जिकिर छ।नगरपालिकाको बजेटमा ठूलो स्रोत संघ तथा प्रदेशबाट उपलब्ध हुने अनुदान नै हो ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.