नेपाली कांग्रेस दोलखाको ऐतिहासिक जिल्ला सम्मेलन भब्यता साथ सम्पन्न
राजन बस्नेत
दोलखा २९ जेष्ठ । नेपाली कांग्रेस दोलखाको जिल्ला सम्मेलन
भब्यताका साथ सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्णय अनुसार नेपाली कांग्रेस दोलखाले २८ गते ऐतिहासिक जिल्ला सम्मेलन भब्यताका साथ सम्पन्न गरेको छ ।
तेसैगरी नेपाली काङ्ग्रेसका प्रदेश सभापति इन्द्र बानियाँले ‘छिपछिपे ज्ञान र टालटुले समाधान’ले अबका अभिभारा पुरा गर्न सकिन्न । विगतमा ६०/४० भागबन्डाको आपत्तिजनक परिपाटी, संस्थागत पद्धतिको मूल्यमा देखापरेका अनेक अवाञ्छित व्यक्तिवादी गुट–उपगुट तथा सानो सिन्डिकेटको निर्णय लाद्ने प्रवृत्तिलाई मेटाएर एकता, अनुशासन, आन्तरिक लोकतन्त्रलाई सुदृढीकरण गर्ने र पार्टीलाई नेतामुखी होइन, नीतिमुखी तथा कार्यकर्तामुखी बनाउने र संस्थागत, विधिसम्मत, पारदर्शी सामूहिक नेतृत्वको साथै लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रिय एकता अभियानलाई गति दिनुपर्ने जनताको साझा चाहना भएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीले विगत ५ वर्षमा पार्टीभित्र अनेकौं कमी—कमजोरी देखापरे । तर त्यसैका चिन्ता र दोषारोपणमा अबको अमूल्य समय खर्च गरेर वर्तमान नेतृत्वको औचित्य र सान्दर्भिकता रहँदैन ।
महाधिवेशनको म्यान्डेटका आधारमा पार्टीको दशा र दिशाको समीक्षा गर्नुका साथै नवीन चिन्तनका साथ अगाडि जाने नीति निर्धारणमा लागिहाल्नु आवश्यक रहेको उल्लेख गर्दै
निर्वाचनका दौरान आफैंभित्र उत्पन्न घात–प्रतिघातको रोगबाट संक्रमित तिक्त अवस्था र त्यसले बनाएको विषाक्ततालाई उचित उपचारका साथ मेटाउँदै पार्टीभित्र उत्साही र प्रितीकर वातावरण बनाएर लक्ष्यमा पुर्याउने जिम्मेवारी सभापति, पदाधिकारीहरू र सदस्यहरुको काँधमा आएको जिकिर गर्नुभयो ।
नेपाली काङ्ग्रेसका पार्टी सभापति बर्मा लामाले मान र स्थानको पर्वाह होइन, सबैलाई यथोचित कदर र जिम्मेवारीसँग जोड्ने र कर्तव्य बहनमा सबैलाई सहभागी बनाउनेबारे अबका निर्णयहरू केन्द्रित हुनुपर्छ भन्नेमा आफु
रहेको र कांग्रेस दोलखाले पार्टीलाई प्रभावकारी रुपमा गाउँ गाउँमा पुर्याउन र जिल्लामा सबैतिर देखिने, सुनिने र जनताले समेत अनुभूति गर्ने कांग्रेस बनाउन सामाजिक र सिर्जनात्मक क्रियाकलापहरु निरन्तर रूपमा अगाडि बढाउन,चुस्त, दुरुस्त र तन्दुरुस्त संगठन बनाउने कामलाई अभियानको रुपमा अघि बढाउन पार्टी पंक्ति लागि परेको प्रष्ट पार्नुभयो ।
सम्मेलनमा सांगठानिक प्रतिवेदन,आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रम सर्बसम्मत पारीतभएको थियो ।
सम्मेलनमा दोलखाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सदस्यहरु, बागमती प्रदेश सदस्यहरु,जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरु,महाधिवेशन ,प्रतिनिधिहरु,
आमन्त्रित सदस्य हरु,प्रदेश समिति पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेश अधिबेशन प्रतिनिधिहरु, नगर/गाउँपालिका पदाधिकारी तथा सदस्य हरु,वडा पालिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु, दोलखा काठमाडौ सम्पर्क समिति तथा वडा सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र भातृ तथा शुभेच्छुक संस्थाहरुको पदाधिकारी तथा सदस्यहरु ऐतिहासिक उपस्थिति रहेको थियो ।
भीमेश्वर नगर भित्रका १ सय १४ जना स्वयंसेविकाहरु सम्मानित
8 घण्टा अगाडि राजन बस्नेत२१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा आयोजित भीमेश्वर नगरपालिका भित्र कार्यरत १...
‘अस्थायी शिक्षकलाई बिदा, स्थायीलाई पुनः परीक्षा’
साझा दृष्टि संवाददाताप्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बुधबार विद्यालय शिक्षा विधेयकमाथि छलफल थियो । समिति सभापति अम्मरबहादुर...
माथिल्लो तामाकोसी जलविद्युतको कार्यलाई संसद देखी लामाबगर सम्म पुर्याउने भीमबहादुर
राजन बस्नेतबहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको ११ वर्षपछि आज पहिलो...
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी
राजन बस्नेतदोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले विजय प्राप्त गरेको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा विजयी...
गौरीशंकरमा खस्यो ७ हजार ५ सय ७९ मत : कस्ले मार्ला बाजी
राजन बस्नेतदोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज (आइतबार) सुरु नहुने भएको छ । ९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन ढिला...
सुनको मूल्यमा उच्च गिरावट एकैदिनमा १५ हजार ९०० घट्यो
राजन बस्नेतसुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर...