नेपाली कांग्रेस दोलखाको ऐतिहासिक जिल्ला सम्मेलन भब्यता साथ सम्पन्न

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा २९ जेष्ठ । नेपाली कांग्रेस दोलखाको जिल्ला सम्मेलन
भब्यताका साथ सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्णय अनुसार नेपाली कांग्रेस दोलखाले २८ गते ऐतिहासिक जिल्ला सम्मेलन भब्यताका साथ सम्पन्न गरेको छ ।

सम्मेलनको औपचारिक उद्घाटन गर्नुहुदै नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री तथा माननीय बद्री पाण्डेले नेपाल को स्वतन्त्रता,सार्वभौमसत्ता, भौगोलिक अखण्डता राष्ट्रिय एकता स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको अधिकार,स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै राष्ट्रहित लोकतन्त्र,अग्रगामी परिवर्तनका लागि नेपाली जनता ले पटक पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन शसस्त्र संघर्ष त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै एबम् ज्ञात अज्ञात सहिदहरु बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्दै सामन्ती निरङ्कुश केन्द्रीकृत र एकात्मक व्यवस्था ले सृजना गरेको विभेद र उत्पीडित को अन्त्य गर्दै बहुजाति बहुभाषी बहुसांस्कतिक बहुधार्मिक भौगोलिक विवधतायुक्त विषेशता लाई आत्मसात गर्दै समानुपातिक समावेशी सिद्धान्तका आधारमा समता मुलक समाज को निर्माण,बहुलवादमा आधारित संघीय लोकान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति सुशासन,विकास र समृद्धिको पथमा संविधान सभाबाट काङ्ग्रेसको नेतृत्वमा पारित भएको नेपालको संविधान अनुरुप अगाडि बढ्न समेत आग्रह अनुरोध गर्नुभयो ।

तेसैगरी नेपाली काङ्ग्रेसका प्रदेश सभापति इन्द्र बानियाँले ‘छिपछिपे ज्ञान र टालटुले समाधान’ले अबका अभिभारा पुरा गर्न सकिन्न । विगतमा ६०/४० भागबन्डाको आपत्तिजनक परिपाटी, संस्थागत पद्धतिको मूल्यमा देखापरेका अनेक अवाञ्छित व्यक्तिवादी गुट–उपगुट तथा सानो सिन्डिकेटको निर्णय लाद्ने प्रवृत्तिलाई मेटाएर एकता, अनुशासन, आन्तरिक लोकतन्त्रलाई सुदृढीकरण गर्ने र पार्टीलाई नेतामुखी होइन, नीतिमुखी तथा कार्यकर्तामुखी बनाउने र संस्थागत, विधिसम्मत, पारदर्शी सामूहिक नेतृत्वको साथै लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रिय एकता अभियानलाई गति दिनुपर्ने जनताको साझा चाहना भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीले विगत ५ वर्षमा पार्टीभित्र अनेकौं कमी—कमजोरी देखापरे । तर त्यसैका चिन्ता र दोषारोपणमा अबको अमूल्य समय खर्च गरेर वर्तमान नेतृत्वको औचित्य र सान्दर्भिकता रहँदैन ।

महाधिवेशनको म्यान्डेटका आधारमा पार्टीको दशा र दिशाको समीक्षा गर्नुका साथै नवीन चिन्तनका साथ अगाडि जाने नीति निर्धारणमा लागिहाल्नु आवश्यक रहेको उल्लेख गर्दै
निर्वाचनका दौरान आफैंभित्र उत्पन्न घात–प्रतिघातको रोगबाट संक्रमित तिक्त अवस्था र त्यसले बनाएको विषाक्ततालाई उचित उपचारका साथ मेटाउँदै पार्टीभित्र उत्साही र प्रितीकर वातावरण बनाएर लक्ष्यमा पुर्‍याउने जिम्मेवारी सभापति, पदाधिकारीहरू र सदस्यहरुको काँधमा आएको जिकिर गर्नुभयो ।

नेपाली काङ्ग्रेसका पार्टी सभापति बर्मा लामाले मान र स्थानको पर्वाह होइन, सबैलाई यथोचित कदर र जिम्मेवारीसँग जोड्ने र कर्तव्य बहनमा सबैलाई सहभागी बनाउनेबारे अबका निर्णयहरू केन्द्रित हुनुपर्छ भन्नेमा आफु
रहेको र कांग्रेस दोलखाले पार्टीलाई प्रभावकारी रुपमा गाउँ गाउँमा पुर्‍याउन र जिल्लामा सबैतिर देखिने, सुनिने र जनताले समेत अनुभूति गर्ने कांग्रेस बनाउन सामाजिक र सिर्जनात्मक क्रियाकलापहरु निरन्तर रूपमा अगाडि बढाउन,चुस्त, दुरुस्त र तन्दुरुस्त संगठन बनाउने कामलाई अभियानको रुपमा अघि बढाउन पार्टी पंक्ति लागि परेको प्रष्ट पार्नुभयो ।
सम्मेलनमा सांगठानिक प्रतिवेदन,आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रम सर्बसम्मत पारीतभएको थियो ।

सम्मेलनमा दोलखाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सदस्यहरु, बागमती प्रदेश सदस्यहरु,जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरु,महाधिवेशन ,प्रतिनिधिहरु,
आमन्त्रित सदस्य हरु,प्रदेश समिति पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेश अधिबेशन प्रतिनिधिहरु, नगर/गाउँपालिका पदाधिकारी तथा सदस्य हरु,वडा पालिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु, दोलखा काठमाडौ सम्पर्क समिति तथा वडा सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र भातृ तथा शुभेच्छुक संस्थाहरुको पदाधिकारी तथा सदस्यहरु ऐतिहासिक उपस्थिति रहेको थियो

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.