नेपाली कांग्रेस दोलखा जिल्ला सम्मेलनको तयारी पुरा : सम्मेलनलाई काङ्ग्रेस सह-महामन्त्री पाण्डेले सम्बोधन गर्ने
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा २७ जेष्ठ । नेपाली कांग्रेस दोलखाको जिल्ला सम्मेलन तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्णय अनुसार नेपाली कांग्रेस दोलखाले भोलि २८ गते जिल्ला सम्मेलन गर्ने भए सगै सो सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री तथा माननीय बद्री पाण्डेले उद्घाटन गर्ने र नेपाली काङ्ग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ लगायत केन्द्रिय सदस्यहरुले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले जानकारी दिनुभयो ।
सम्मेलनमा सांगठानिक प्रतिवेदन,आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरण र विगतको समीक्षा साथै आगामी कार्ययोजना प्रस्तुत गरिने सभापति लामाले बताउनुभयो ।
सभापति लामाले सम्मेलनमा दोलखाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सदस्यहरु, बागमती प्रदेश सदस्यहरु,जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु,आमन्त्रित सदस्य हरु,प्रदेश समिति पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेश अधिबेशन प्रतिनिधिहरु, नगर/गाउँपालिका पदाधिकारी तथा सदस्य हरु,वडा पालिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरु, दोलखा काठमाडौ सम्पर्क समिति तथा वडा सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र भातृ तथा शुभेच्छुक संस्थाहरुको पदाधिकारी तथा सदस्यहरु सबैलाई अनिवार्य उपस्थितिको लागि समेत आमन्त्रण गर्नुभएको छ ।
कांग्रेस दोलखाले पार्टीलाई प्रभावकारी रुपमा गाउँ गाउँमा पुर्याउन र जिल्लामा सबैतिर देखिने, सुनिने र जनताले समेत अनुभूति गर्ने कांग्रेस बनाउन सामाजिक र सिर्जनात्मक क्रियाकलापहरु निरन्तर रूपमा अगाडि बढाउन,चुस्त, दुरुस्त र तन्दुरुस्त संगठन बनाउने कामलाई अभियानको रुपमा अघि बढाउन पार्टी पंक्ति लागिपरेको दोलखा काङ्ग्रेसले जानकारी दिएको छ ।
दोलखाको कालापानीमा इभी माइक्रो दुर्घटना १ को मृत्यु १४ जना घाइते
19 घण्टा अगाडि राजन बस्नेतदोलखाको शैलुङको कालापानीमा इभि माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन ।...
प्रहरीको प्रारम्भिक अनुसन्धान भन्छ– जेन-जी आन्दोलन भड्काउने मुख्य भूमिका टिओबीको
साझा दृष्टि संवाददातारेडियो सेटसहित आन्दोलनमा सहभागी भएको थियो टिओबी समूह गत २३ र २४ भदौको जेन–जी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड...
यसरी सम्भव भयो दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित
राजन बस्नेतनेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ। युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले...
दुर्गा प्रसाईँको दाबी- जेन जी आन्दोलनपछि सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ
साझा दृष्टि संवाददाताविराटनगर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको...
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराउने हाम्रो कार्यक्षेत्रमा पर्दैन: प्रधानमन्त्री कार्की
साझा दृष्टि संवाददाताप्रधानमन्त्री सुशीला कार्कीले नेपालको मौजुदा शासकीय स्वरूप (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री/ राष्ट्रपति सहितको व्यवस्था) को पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर...
बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा
साझा दृष्टि संवाददातानेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष...
