नेपाली कांग्रेस दोलखा जिल्ला सम्मेलनको तयारी पुरा : सम्मेलनलाई काङ्ग्रेस सह-महामन्त्री पाण्डेले सम्बोधन गर्ने

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा २७ जेष्ठ । नेपाली कांग्रेस दोलखाको जिल्ला सम्मेलन तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्णय अनुसार नेपाली कांग्रेस दोलखाले भोलि २८ गते जिल्ला सम्मेलन गर्ने भए सगै सो सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री तथा माननीय बद्री पाण्डेले उद्घाटन गर्ने र नेपाली काङ्ग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ लगायत केन्द्रिय सदस्यहरुले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले जानकारी दिनुभयो ।
सम्मेलनमा सांगठानिक प्रतिवेदन,आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरण र विगतको समीक्षा साथै आगामी कार्ययोजना प्रस्तुत गरिने सभापति लामाले बताउनुभयो ।
सभापति लामाले सम्मेलनमा दोलखाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सदस्यहरु, बागमती प्रदेश सदस्यहरु,जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु,आमन्त्रित सदस्य हरु,प्रदेश समिति पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेश अधिबेशन प्रतिनिधिहरु, नगर/गाउँपालिका पदाधिकारी तथा सदस्य हरु,वडा पालिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरु, दोलखा काठमाडौ सम्पर्क समिति तथा वडा सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र भातृ तथा शुभेच्छुक संस्थाहरुको पदाधिकारी तथा सदस्यहरु सबैलाई अनिवार्य उपस्थितिको लागि समेत आमन्त्रण गर्नुभएको छ ।

कांग्रेस दोलखाले पार्टीलाई प्रभावकारी रुपमा गाउँ गाउँमा पुर्‍याउन र जिल्लामा सबैतिर देखिने, सुनिने र जनताले समेत अनुभूति गर्ने कांग्रेस बनाउन सामाजिक र सिर्जनात्मक क्रियाकलापहरु निरन्तर रूपमा अगाडि बढाउन,चुस्त, दुरुस्त र तन्दुरुस्त संगठन बनाउने कामलाई अभियानको रुपमा अघि बढाउन पार्टी पंक्ति लागिपरेको दोलखा काङ्ग्रेसले जानकारी दिएको छ ।

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
24 घण्टा अगाडि साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाता

चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

.