नेपाली कांग्रेस दोलखा जिल्ला सम्मेलनको तयारी पुरा : सम्मेलनलाई काङ्ग्रेस सह-महामन्त्री पाण्डेले सम्बोधन गर्ने
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा २७ जेष्ठ । नेपाली कांग्रेस दोलखाको जिल्ला सम्मेलन तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्णय अनुसार नेपाली कांग्रेस दोलखाले भोलि २८ गते जिल्ला सम्मेलन गर्ने भए सगै सो सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री तथा माननीय बद्री पाण्डेले उद्घाटन गर्ने र नेपाली काङ्ग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ लगायत केन्द्रिय सदस्यहरुले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले जानकारी दिनुभयो ।
सम्मेलनमा सांगठानिक प्रतिवेदन,आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरण र विगतको समीक्षा साथै आगामी कार्ययोजना प्रस्तुत गरिने सभापति लामाले बताउनुभयो ।
सभापति लामाले सम्मेलनमा दोलखाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सदस्यहरु, बागमती प्रदेश सदस्यहरु,जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु,आमन्त्रित सदस्य हरु,प्रदेश समिति पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेश अधिबेशन प्रतिनिधिहरु, नगर/गाउँपालिका पदाधिकारी तथा सदस्य हरु,वडा पालिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरु, दोलखा काठमाडौ सम्पर्क समिति तथा वडा सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र भातृ तथा शुभेच्छुक संस्थाहरुको पदाधिकारी तथा सदस्यहरु सबैलाई अनिवार्य उपस्थितिको लागि समेत आमन्त्रण गर्नुभएको छ ।
कांग्रेस दोलखाले पार्टीलाई प्रभावकारी रुपमा गाउँ गाउँमा पुर्याउन र जिल्लामा सबैतिर देखिने, सुनिने र जनताले समेत अनुभूति गर्ने कांग्रेस बनाउन सामाजिक र सिर्जनात्मक क्रियाकलापहरु निरन्तर रूपमा अगाडि बढाउन,चुस्त, दुरुस्त र तन्दुरुस्त संगठन बनाउने कामलाई अभियानको रुपमा अघि बढाउन पार्टी पंक्ति लागिपरेको दोलखा काङ्ग्रेसले जानकारी दिएको छ ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
