विद्यार्थीको माग सम्बोधन गर्दै यथाशीघ्र पठनपाठन सुचारु गर्न ३ विद्यार्थी संगठनहरुको अपिल

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा २२ जेष्ठ । दोलखाको बिगु गाउँपालिकाको शारदा माविमा शिक्षकको माग राखेर विद्यार्थी आन्दोलित विषयमा ३ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन ।

गत वर्ष फागुनदेखि नै दरबन्दी अनुसारका ४ जना शिक्षक विद्यालयमा नभएपछि पठनपाठन प्रभावित बनेको छ । विद्यार्थीहरुले विषयगत शिक्षक अभावमा पठनपाठन नभएका कारण विद्यार्थीहरु आन्दोलनमा उत्रिनु परेको साझा दृष्टिलाई जानकारी दिएका छन् ।

राजनीतिक आधारमा विद्यालयका प्रधानाध्यापक परिवर्तन गरेर मात्रै शिक्षक भर्ना गर्ने विद्यालय व्यवस्थापन र पालिकाको शिक्षा शाखाको अडानका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । विद्यालयको समस्या चाँडोभन्दा चाँडो सम्बोधन गर्दै यथाशीघ्र पठनपाठन सुचारु गर्न विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छ्न ।
यस्तो छ संयुक्त प्रेस विज्ञप्ति:-

संयुक्त प्रेस विज्ञप्ति

दोलखाको बिगु गाउँपालिका स्थित शारदा माविमा शिक्षक माग्दै विद्यार्थी आन्दोलित भन्ने विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण गएको छ । विद्यार्थीहरुले विषयगत शिक्षक अभावमा पठनपाठन नभएका कारणले आन्दोलनमा उत्रिनु परेको खबर सम्बन्धित सरोकारवालाहरुको लज्जाको विषय हो ।

विद्यार्थी र विद्यालयलाई राजनैतिक थलोको रुपमा प्रयोग गरी विद्यार्थीहरुको भविष्य माथि खेलवाड गर्न खोज्ने विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको गैर जिम्मेवारपूर्ण हर्कत निन्दनीय छ । विद्यालयको पठनपाठन निरन्तर संचालनमा ल्या उन सम्बन्धित सम्पुर्ण सरोकारवालाहरुमा जोडदार माग गर्दै जिल्ला शिक्षा समन्वय इकाई दोलखा र बिगु गाउँपालिकाको शिक्षा शाखाले विद्यालयमा भएको समस्यालाई तत्काल सहजीरण गर्न हामी संघ संगठनहरु हार्दिक अपील गर्दछौ ।

शारदा माविलाई यो विचलित अवस्थामा पुर्याउने सम्पुर्ण पक्षले हाम्रो माग चाँडोभन्दा चाँडो सम्बोधन गर्दै यथाशीघ्र पठनपाठन सुचारु गर्न थप ध्यानाकर्षण गरिन्छ । यदि यस विषयलाई बेवास्ता गरेमा सो विरुद्ध हामी सम्पुर्ण विद्यार्थी संगठनहरु शसक्त आन्दोलनमा उत्रिन बाध्य हुने व्यहोरा जानकारी गराउँदछौ । यस बाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने व्यहोरा यसै मार्फत जानकारी गराउँदछौ ।

-संयुक्त विद्यार्थी संगठन

पुष्पक केसी अध्यक्ष, अनेरास्ववियू दोलखा
सौगात थापा, अध्यक्ष नेपाल विद्यार्थी संघ दोलखा
आर.सी के.सी, सहसह-संयोजक अनेरास्ववियु दोलखा

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.