विद्यार्थीको माग सम्बोधन गर्दै यथाशीघ्र पठनपाठन सुचारु गर्न ३ विद्यार्थी संगठनहरुको अपिल
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा २२ जेष्ठ । दोलखाको बिगु गाउँपालिकाको शारदा माविमा शिक्षकको माग राखेर विद्यार्थी आन्दोलित विषयमा ३ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन ।
गत वर्ष फागुनदेखि नै दरबन्दी अनुसारका ४ जना शिक्षक विद्यालयमा नभएपछि पठनपाठन प्रभावित बनेको छ । विद्यार्थीहरुले विषयगत शिक्षक अभावमा पठनपाठन नभएका कारण विद्यार्थीहरु आन्दोलनमा उत्रिनु परेको साझा दृष्टिलाई जानकारी दिएका छन् ।
राजनीतिक आधारमा विद्यालयका प्रधानाध्यापक परिवर्तन गरेर मात्रै शिक्षक भर्ना गर्ने विद्यालय व्यवस्थापन र पालिकाको शिक्षा शाखाको अडानका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । विद्यालयको समस्या चाँडोभन्दा चाँडो सम्बोधन गर्दै यथाशीघ्र पठनपाठन सुचारु गर्न विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छ्न ।
यस्तो छ संयुक्त प्रेस विज्ञप्ति:-
संयुक्त प्रेस विज्ञप्ति
दोलखाको बिगु गाउँपालिका स्थित शारदा माविमा शिक्षक माग्दै विद्यार्थी आन्दोलित भन्ने विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण गएको छ । विद्यार्थीहरुले विषयगत शिक्षक अभावमा पठनपाठन नभएका कारणले आन्दोलनमा उत्रिनु परेको खबर सम्बन्धित सरोकारवालाहरुको लज्जाको विषय हो ।
विद्यार्थी र विद्यालयलाई राजनैतिक थलोको रुपमा प्रयोग गरी विद्यार्थीहरुको भविष्य माथि खेलवाड गर्न खोज्ने विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको गैर जिम्मेवारपूर्ण हर्कत निन्दनीय छ । विद्यालयको पठनपाठन निरन्तर संचालनमा ल्या उन सम्बन्धित सम्पुर्ण सरोकारवालाहरुमा जोडदार माग गर्दै जिल्ला शिक्षा समन्वय इकाई दोलखा र बिगु गाउँपालिकाको शिक्षा शाखाले विद्यालयमा भएको समस्यालाई तत्काल सहजीरण गर्न हामी संघ संगठनहरु हार्दिक अपील गर्दछौ ।
शारदा माविलाई यो विचलित अवस्थामा पुर्याउने सम्पुर्ण पक्षले हाम्रो माग चाँडोभन्दा चाँडो सम्बोधन गर्दै यथाशीघ्र पठनपाठन सुचारु गर्न थप ध्यानाकर्षण गरिन्छ । यदि यस विषयलाई बेवास्ता गरेमा सो विरुद्ध हामी सम्पुर्ण विद्यार्थी संगठनहरु शसक्त आन्दोलनमा उत्रिन बाध्य हुने व्यहोरा जानकारी गराउँदछौ । यस बाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने व्यहोरा यसै मार्फत जानकारी गराउँदछौ ।
-संयुक्त विद्यार्थी संगठन
पुष्पक केसी अध्यक्ष, अनेरास्ववियू दोलखा
सौगात थापा, अध्यक्ष नेपाल विद्यार्थी संघ दोलखा
आर.सी के.सी, सहसह-संयोजक अनेरास्ववियु दोलखा

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
