नेपाली काङ्ग्रेसको जिरी नगर सम्मेलन सभ्य र भब्य रूपमा सम्पन्न


दोलखा १९ जेष्ठ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्णय तथा परीपत्र अनुसार ९ वटै वडाहरुको वडा सम्मेलन गरी जिरी नगरपालिकाको नगर सम्मेलन सम्पन्न भएको छ ।
नगर सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले सत्ताका लागि जायज–नाजायज सम्झौता, विचारविहीन गठबन्धन, जनताका आधारभूत आवश्यकतासँग बेखबर, भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा सुस्त, नैतिकतापूर्ण राजनीतिको खडेरी, युवाको भविष्यप्रति बेवास्ता तथा जनताको आवाजको अपमान गरी पार्टीलाई केवल सत्ता, शक्ति र स्वार्थ प्राप्तिको भर्याङ मात्रै ठान्ने हो भने कांग्रेसको भविष्य के होला ? तेसैले काङ्ग्रेस एक गुट उपगुट छोडेर एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काङ्ग्रेसका बागमती प्रदेश सदस्यका प्रत्यासी तथा अभियान संयोजक सुदर्शन कार्कीले काङ्ग्रेसले तय गरेको रुपान्तरण अभियानमार्फत देशैभरि गाउँगाउँ र टोलटोलसम्म पुगेर आम पार्टीका नेता, समर्थक, शुभेच्छुक, सर्वसाधारण, बुद्धिजीवी र आमनागरिकको सल्लाह सुझाबलाई सुनेर अब कसरी अगाडि बढ्ने ?भन्ने योजना बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
तेसैगरी नेपाली काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता राकेश श्रेष्ठले काङ्ग्रेसले आगामी रणनीति के लिने ? परम्परावादी र यथास्थितिमा रुमल्लिने कि रुपान्तरणको यात्रा तय गर्ने ? व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज, नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य–मान्यतासहितको राजनीति सुरुवात गर्न कांग्रेसले ढिलो गर्न नहुने प्रष्ट पारे ।
नेपाली काङ्ग्रेस जिरी नगरपालिका कार्यसमिति अध्यक्ष सोनाम सेर्पाले रुपान्तरण अभियानमार्फत कांग्रेसलाई ऊर्जाशील, गतिशील, क्रियाशील, सबल, सुदृढ, सशक्त र बलियो बनाउदै यस अभियानमार्फत पार्टीमा नयाँ आशा, समर्थकमा नयाँ भरोसा र आमनागरिकमा नयाँ विश्वास जगाउनु नै मुख्य उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेत्री महादिबेश प्रतिनिधि तारा थपलिया,भीमेश्वर नगर सभापति सङ्कर कार्की, काङ्ग्रेस नेता लाक्पा शेर्पा , सन्जु शेर्पा , मकर तामाङ ,लिला जिरेल लगायत ९ वटै वडाका वडा संयोजकहरुले आफ्नो प्रतिबेदन मार्फत वडाको पार्टी संगठन र काङ्ग्रेसको भातृ,भगिनि तथा सुबेछुक सस्थाहरुको अबस्था र बिकास निर्माणको कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम नेपाली काङ्ग्रेस जिरी नगरपालिका सभापति सोनाम शेर्पाको सभापतित्वमा र नेपाली काङ्ग्रेसको नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको थियो ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...