नेपाली काङ्ग्रेसको जिरी नगर सम्मेलन सभ्य र भब्य रूपमा सम्पन्न

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा १९ जेष्ठ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्णय तथा परीपत्र अनुसार ९ वटै वडाहरुको वडा सम्मेलन गरी जिरी नगरपालिकाको नगर सम्मेलन सम्पन्न भएको छ ।
नगर सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले सत्ताका लागि जायज–नाजायज सम्झौता, विचारविहीन गठबन्धन, जनताका आधारभूत आवश्यकतासँग बेखबर, भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा सुस्त, नैतिकतापूर्ण राजनीतिको खडेरी, युवाको भविष्यप्रति बेवास्ता तथा जनताको आवाजको अपमान गरी पार्टीलाई केवल सत्ता, शक्ति र स्वार्थ प्राप्तिको भर्‍याङ मात्रै ठान्ने हो भने कांग्रेसको भविष्य के होला ? तेसैले काङ्ग्रेस एक गुट उपगुट छोडेर एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेसका बागमती प्रदेश सदस्यका प्रत्यासी तथा अभियान संयोजक सुदर्शन कार्कीले काङ्ग्रेसले तय गरेको रुपान्तरण अभियानमार्फत देशैभरि गाउँगाउँ र टोलटोलसम्म पुगेर आम पार्टीका नेता, समर्थक, शुभेच्छुक, सर्वसाधारण, बुद्धिजीवी र आमनागरिकको सल्लाह सुझाबलाई सुनेर अब कसरी अगाडि बढ्ने ?भन्ने योजना बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
तेसैगरी नेपाली काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता राकेश श्रेष्ठले काङ्ग्रेसले आगामी रणनीति के लिने ? परम्परावादी र यथास्थितिमा रुमल्लिने कि रुपान्तरणको यात्रा तय गर्ने ? व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज, नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य–मान्यतासहितको राजनीति सुरुवात गर्न कांग्रेसले ढिलो गर्न नहुने प्रष्ट पारे ।

नेपाली काङ्ग्रेस जिरी नगरपालिका कार्यसमिति अध्यक्ष सोनाम सेर्पाले रुपान्तरण अभियानमार्फत कांग्रेसलाई ऊर्जाशील, गतिशील, क्रियाशील, सबल, सुदृढ, सशक्त र बलियो बनाउदै यस अभियानमार्फत पार्टीमा नयाँ आशा, समर्थकमा नयाँ भरोसा र आमनागरिकमा नयाँ विश्वास जगाउनु नै मुख्य उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेत्री महादिबेश प्रतिनिधि तारा थपलिया,भीमेश्वर नगर सभापति सङ्कर कार्की, काङ्ग्रेस नेता लाक्पा शेर्पा , सन्जु शेर्पा , मकर तामाङ ,लिला जिरेल लगायत ९ वटै वडाका वडा संयोजकहरुले आफ्नो प्रतिबेदन मार्फत वडाको पार्टी संगठन र काङ्ग्रेसको भातृ,भगिनि तथा सुबेछुक सस्थाहरुको अबस्था र बिकास निर्माणको कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम नेपाली काङ्ग्रेस जिरी नगरपालिका सभापति सोनाम शेर्पाको सभापतित्वमा र नेपाली काङ्ग्रेसको नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको थियो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.